भर्खरै

ऊर्जा मन्त्री पुनद्धारा एक वर्षे कार्यप्रगति सार्वजनिक

  • प्रकाशित मिति : Tue-03-Dec-2080
  • - Admin
title

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारले एकवर्ष भित्र ऊर्जा जलस्रोत तथा सिंचाई क्षेत्रमा भएको कार्यप्रगति सार्वजनिक गरेको छ ।  आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी मन्त्रीपुनले  वार्षिक कार्यप्रगति सार्वजनिक गरेको हो । 
 
यस्ता छन् मन्त्री पुनले सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरण 
 
१.कानुनी तथा नीतिगत सुधार
ऊर्जा,जलस्रोत तथा सिंचाई क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र,विद्युत नियमन आयोग नियमावली,२०७५,राष्ट्रिय जलस्रोत नीति तर्जुमा,जलस्रोत ऐन तर्जुमा,नवीकरणीय ऊर्जा प्रवद्र्धन केन्द्रको विधेयक,२०७५ तर्जुमा,नदी बेसिन योजना तथा जलविद्युत विकास गुरुयोजना तर्जुमा ,संस्थागत पुर्नसंरचना,निर्देशिका तथा कार्यविधि तर्जुमा भएको छ । 
२.द्धिपक्षीय÷बहुपक्षीय सम्झौताको कार्यान्वयन स्थिती
 
नेपाल–भारत
दुई देशबीचको विद्यमान विद्युत व्यापार सम्झौता बमोजिम परिमार्जन गर्न नेपाल सरकारको निरन्तर रुपमा रहेको अनुरोधलाई विद्युत आयात निर्यातका लागि निर्देशिका परिमार्जन गरेको छ ।  
नेपालभित्र उत्पादित विद्युत पूर्णरुपमा खपत नहुँदाको बखतमा भारतलाई विद्युत प्रदान गर्न तथा सोही परिमाणको विद्युत नेपाललाई आवश्यक भएको बखतमा लिन सकिने गरी नेपाल र भारतबीच इनर्जी बैंकिङ सम्बन्धि अवधारणा पत्रमा सैद्धान्तिक समझदारी गरेको छ । 
नेपाल–चीन
अन्तरदेशीय प्रशारण लाइन स्थापना,जलविद्युत एवं अन्य प्रकारका नवीकरणीय ऊर्जाको सम्भाव्यता अध्ययन  लगायत पावर ग्रीड सम्बन्धि द्धिपक्षीय ऊर्जा सहयोगका क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार र जनवादी गणतन्त्र चीनबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । 
नेपाल–बंगलादेश
विद्युत उत्पादन ,ग्रीड कनेक्टिभिटी,ऊर्जा दक्षता,नवीकरणीय ऊर्जा तथा जलविद्युतको विकासबाट हुने पारस्परिक द्धिपक्षीय हितलाई क्षेत्रीय हितमा रुपान्तरण गर्न लगायतका ऊर्जा क्षेत्रमा आपसी सहयोग समझदारी भएको कार्यप्रतिविवरणमा उल्लेख गरिएको छ । 
 
ऊर्जामन्त्री पुनका अनुसार नेपाल सरकारले समृद्ध नेपाल,सुखी नेपाली अभियानको प्रभावकारी कार्यान्वयन गर्न २०७५–२०८५ लाई ऊर्जा दशक घोषणा गरी कानुनी तथा नीतिगत सुधार गरिएको बताए । उनले भने १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ काम भईरहेको र ३५ सय मेगावाट क्षमताका जनताको लागि जलविद्युत कार्यक्रम सञ्चालन भएको छ । नेपालमा उत्पादन भएको विद्युत खरिद बिक्रि सम्झौताका लागि भारत,चीन र बंगलादेश सँग विद्युत खरिद सम्झौता भएको छ । सरकारले जलस्रोत तर्फ बागमती नदी बेसिनको एकिकृत नदी जलाधार व्यवस्थापनका लागि पानीको गुणस्तर अनुगमन प्रणाली ,बाढी पूर्वानुमान लगायतका कार्यहरु सरकारले एक वर्षमा गरेको मन्त्री पुनको भनाई छ । सरकारले एक वर्षको अवधिमा विद्युत चुहावट गत वर्षको २०.४५ प्रतिशतबाट १९ प्रतिशतमा झार्न सफल भएको छ । जनताका समस्या,गुनासो सुन्न र तत्काल समाधान गर्न हटलाईनमा मन्त्री कार्यक्रमको शुभारम्भ गर्नुका साथै नेपाल विद्युत प्राधिकरणको कुल ग्राहक संख्या गत वर्ष ३८,३२,०४३ रहेकोमा यस अवधिमा ३,०२,५८८ ग्राहक संख्याले वृद्धि भई हाल सम्म ४१,३४,६०१ रहेको लगायतका कार्यविवरणहरु पुस्तिकामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 23 hours ago