हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि
- प्रकाशित मिति : बुध, जेठ १४, २०८२
- - विद्युत संसार संवाददाता

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि गत जेठ १२ गते सोमबार देखि लागु हुनेगरि हाउस वायरीङ्ग तारमा मूल्यवृद्धि भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा कपर, प्लास्टिक तथा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै हाउस वायरीङ्ग तारको मूल्यमा वृद्धि गर्नुपरेको कम्पनीले जनाएको छ । निमाद्धारा तारमा समय सापेक्षा मूल्यवृद्धि गर्ने गरेतापनि यस वर्षको उच्चमूल्य वृद्धि गरिएको सम्भवत पहिलो पटक हो । यसरी अत्याधिक वृद्धिले उपभोक्ता मारमा परेकोे छ ।
यस वर्ष निमाद्धारा तार कम्पनीले जारी गरेको दररेट अनुसार हाउस वायरिङ्ग तारमा एमआरपी रेट क्रमशः ०।७५ स्क्वयर एमएम १ हजार ७ सय ६० रुपैया, १.०० स्क्वयर एमएम को साईजमा २ हजार २ सय ४० रुपैया, १.५ स्क्वयर एमएम को साईजमा ३ हजार ३ सय, २.५ स्क्वयर एमएम को साईजमा ५ हजार ५ सय, ४.०० स्क्वयर एमएम को साईजमा ८ हजार ४ सय ७० रुपैया , ६.०० स्क्वयर एमएम को साईजमा १२ हजार ५ सय ८० रुपैया, १०.०० स्क्वयर एमएम को साईजमा २० हजार ८ सय ७० रुपैया र १६.०० स्क्वयर एमएम को साईजमा ३३ हजार १ सय ४० रुपैया एमआरपी रेट लागु गरि समग्रमा हाउस वायरीङ्ग केबलमा पुरानो एमआरपी अनुसार करिब २५ प्रतिशतले मूल्यवृद्धि गरिएको देखिन्छ । भने पावर केबल र अन्य फेक्जिएबल केबुलहरुमा समयअनुकुल वृद्धि गरिने योजना रहेको कम्पनीले जनाएको छ ।
तार उत्पादन गर्ने व्यवसायीहरूको साझा संस्था निमाले यस आर्थिक वर्षदेखि आ–आफ्नो कम्पनीको उत्पादन लागत र खर्चको आधारमा आ–आफ्नो उपभोक्तालाई बजार मूल्य राख्न पाउने गरी खुला गरेकोले विभिन्न कम्पनीका केबलले गुणस्तर विभागको मापदण्ड अनुसार निमामा आवद्ध विभिन्न तार कम्पनीहरुले एउटै एमआरपी दररेट लागुगर्नुपर्ने तर ग्राहकलाई दिने छुट आफ्नो कम्पनीको नियमअनुसार हुने निमाद्धारा जारी विप्ज्ञतीमा जनाएको छ ।
विगतका घटनाक्रमलाई हेर्दा प्रकाश केबलले गत आर्थिक वर्ष साउन १ गते देखिनै एमआरपी दररेट परिर्वतन गरि बजारमा बिक्रीबितरण गर्दै आएको थियो भने अन्य तार उत्पादन गर्ने कम्पनीहरूले पुरानै (साबिक) एमआरपी कायम गरि छुट भने अलग–अलग दिदै आएको थियो । यसरी कम्पनी पिच्छे तार को एमआरपी दररेट अलग अलग हुँदा र छुट दिने प्रचलनले तार व्यवसायीहरुलाई चुनौती खडा भएकाले ढिलै भएपनि तार उत्पादक व्यवसायीहरुले विगत बर्षको घटनाक्रमले शिक्षा लिदै एकजुट हुन पुगेको छ ।
नेपाल गुणस्तर विभागले दिएको मापदण्डलाई अक्षरसः पालना गर्दै आफ्नै ढङ्गबाट स्वच्छ र स्वस्थ प्रतिष्पर्धामा जान आर्थिक बर्षको पूर्वसन्ध्यामा निमाद्धारा उत्पादित तार कम्पनीहरूले करिब २५ प्रतिशतले मूल्यवृद्धि हुनुले तार उत्पादित कम्पनीहरूलाई अवसर र चुनौती समेत रहेको देखिन्छ भने उपभोक्तालाई अन्य विद्युतीय सामग्री सहितको आर्थिक व्यभारमा थपिने संकेत प्रष्ट भएको छ । एफआरएलएस तारमा भने कम्पनीहरुको आआफ्नै छुट्टै एमआरपी रेट र छुटै ग्राहकलाई दिने छुट पनि अलग भएकाले एफआरएलएस तारमा कम्पनीहरुको एकाधिकार निरन्तरता रहेको छ ।
ढिलै भएपनि एमआरपी रेटमा तार व्यवसायी एकठाउँमा, बितरक व्यवसायीहरु छुटमा अन्योलमा
नेपाली बजारमा हाउस वायरीङ्गको तारको एमआरपी रेटमा ढिलै भएपनि व्यवसायी एक ठाउँमा आएका छन । तारको मुल्य वृद्धि भएपनि कम्पनीहरुको छुट दिने प्रचलन अलग अलग रहेकाले केही समय बितरक व्यवसायीहरुनै अन्योलमा परेका छन् । यसरी कम्पनी पिच्छे तार को एमआरपी दररेट अलग अलग हुँदा र छुट दिने प्रचलनले तार व्यवसायीहरुलाई चुनौती खडा भएकाले ढिलै भएपनि तार उत्पादक व्यवसायीहरुले विगत बर्षको घटनाक्रमले शिक्षा लिदै एकजुट हुन पुगेको देखिन्छ भने बितरक व्यवसायीलाई ग्राहकको थप आर्थिक व्यवस्थापनको सहजीकरण र समय व्यवस्थापन गर्न खर्चिनुपर्ने थप जिम्मेवारी समेत देखिन्छ ।
आगामी दिनमा केवल कम्पनीहरु माथि लाग्दै आएको आरोप छुट प्रतिशत अत्याधिक दिने प्रचलन लाई सदाका लागि अन्त्य गर्ने करिब १८ प्रतिशत २५ प्रतिशत भन्दा माथि छुट नदिने संस्कारलाई निरन्तरता दिनसके राम्रो हुने सार्वजानिकरुपमा बहस हुन थालेको उपभोक्ताहरुले नै बताउदै आएको छ ।
केबल कम्पनीद्धारा नयाँ प्रकाशित दररेट भ्याट सहित

गत बर्ष अन्य केबल कम्पनीको पुरानो दररेट

गत बर्ष प्रकाश केबलको पुरानो दररेट
