भर्खरै

एआईआईबीले माथिल्लो त्रिशुली–१ मा १० अर्ब लगानी गर्दै

  • प्रकाशित मिति : Sat-29-Feb-2076
  • - Admin
title

काठमाण्डौ, जेठ ।  एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैक (एआईआईबी) ले माथिल्लो त्रिशुली–१ आयोजनामा लगानी गर्ने भएको छ । आयोजनाका लागि एआईआईबी बैंकले करीब १० अर्ब रुपैयाँ लगानी स्वीकृत गरेको हो ।     रसुवामा निर्माण हुने २ सय १६ मेगावाट क्षमताको यो आयोजनाको कुल अनुमानित लागत ६४ अर्ब रुपैयाँ  रहेको छ ।  
आयोजनामा कोरियन कम्पनीहरू, एआईआईबी, विश्व बैंक समूहअन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहनेछ । यस महत्त्वपूर्ण पूर्वाधार परियोजनाका लागि आवश्यक दीर्घकालीन वित्तीय स्रोत एआईआईबीको लगानीले उपलब्ध गराउने बैंकका महानिर्देशक दोङ इक लीले जानकारी दिए ।  यो आयोजनामा गरेको लगानीले अन्य निजी क्षेत्रका लगानीकर्ता लाई नेपालको दिगो ऊर्जा क्षेत्रमा लगानीको सम्भावना छ भन्ने देखाउने विश्वास लिएको उनले बताए । 
एआईआईबीले आगामी अक्टोबरमा यो रकम निकासा गर्ने जनाएको छ ।  ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ को पुस १४ गते आयोजना विकास सम्झौता (पीडीए) भइसकेको छ । प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी रहेको  छ । यसमा १९ अर्बको संस्थापक सेयर छ भने बाँकी लगानी ऋण स्वरूप जुटाउने प्रवद्र्धकले जनाएको छ ।आयोजनामा डलरमा विद्युत खरिद सम्झौता भइसकेको तथा जोखिम व्यवस्थापनका लागि हेजिङ फन्डको सट्टा निःशुल्क ऊर्जा लेनदेन गर्ने समझदारी प्रवद्र्धक र सरकारबीच भइसकेको छ । 
प्रवद्र्धकले प्रतिवर्ष २४६.११ गिगावाट आवर अर्थात् करिब ५० मेगावाटभन्दा बढी बिजुली प्राधिकरणलाई सित्तैमा उपलब्ध गराउने सहमति भएको प्राधिकरणले जनाएको छ । यसका लागि हिउँदमा प्रतियुनिट १० रूपैयाँ ४२ पैसा र वर्षामा ५ रूपैयाँ ९५ पैसा दर कायम गरिने भन्दै प्राधिकरणले सम्झौता अनुसार १२ वर्षमा जोखिम बहनवापत आयोजनाले प्राधिकरणलाई प्रतिवर्ष १ अर्ब ८९ करोड बराबरको विजुली उपलब्ध गराउने छ । बैकले तामाकोसी चौथो जलविद्युत परियोजनाका लागि झन्डै ९० करोड रुपैयाँ र विद्युत वितरण प्रणाली स्तरोन्नतिका लागि १० करोड रुपैयाँ ऋण पनि दिने भएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 11 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 16 hours ago