भर्खरै

अबको १० वर्षमा विश्वकै सस्तो बिजुली नेपालको हुन्छ ः निर्देशक घिसिङ्ग

  • प्रकाशित मिति : Sat-22-Feb-2076
  • - Admin
title
सिमरा,जेठ ।  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले अबको दश वर्षपछि नेपालको विद्युत विश्वकै सस्तो हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसंगको कुराकानीमा घिसिङ्गले यस्तो बताएका हुन ।
नेपालमा सञ्चालित हाईड्रो पावरहरु निजि क्षेत्रले बढिमा ३० वर्ष सम्म सञ्चालन गर्ने र त्यसपछि सरकारलाई हस्तान्तरण हुने हुँदा बिजुलीको मूल्य सस्तो हुने घिसिङ्गको भनाई थियो । घिसिङ्गले भने ‘निजि क्षेत्रले २०–३० वर्ष पछि सरकारलाई हाईड्रो पावर हस्तान्तरण गरेपछि सञ्चालन खर्च मात्र लाग्छ, जसले गर्दा हामी विश्वकै सस्तो दरमा बिजुली वितरण गर्न सक्छौं,े यो भावि पुस्ताका लागि निकै नै खुशीको खबर हो । नेपालका ठूला उद्योग हरुले प्रयोग गरी रहेको ट्रंक लाईनका सम्बन्धमा स्वीकृति नलिई २४ सैं घण्टा विद्युत आपूर्ति हुँदाको अवस्थामा हामीले उद्योगले सो अवधिको महशुल तिर्नु पर्छ भनेका हौं । उनले भने ‘अहिले बजारमा हल्ला चले जस्तो उद्योगले महशुल नबुझाएको होइन, लोडसेडिङ्गका बखत स्वीकृति नलिई २४ सैं घण्टा विद्युत आपूर्ति भएको समयको महशुल मात्रको कुरा हो । हामीले थप अनुसन्धान गर्दैछौं, लोडसेडिङ्गका समयमा विद्युत प्रयोग गरेका सबै उद्योगले ढिलो चाँडो महशुल बुझाउनु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago