भर्खरै

१० महिना भित्र न्यादी आयोजनाबाट विद्युत उत्पादन हुने

  • प्रकाशित मिति : Sat-22-Feb-2076
  • - Admin
title
काठमाण्डौ, जेठ । आगामी १० महिना भित्र न्यादी जलविद्युत आयोजनाबाट विद्युत उत्पादन हुने भएको छ । ३० मेगावाट क्षमताको उक्त आयोजनाले आगामी १० महिना भित्र विद्युत उत्पादन गर्ने भएको हो ।हाल आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । न्यादी हाइड्रो पावर कम्पनीका कार्यकारी अधिकृत उत्तम अमात्यले  आयोजनाको मुख्य सुरुङ ढलानको काम भइरहेको बताए । उनका अनुसार ३.८४ किलोमिटर लामो सुरुङ ढलान ५० प्रतिशत सम्पन्न भएको छ । आयोजनाको बाँध क्षेत्रको संरचना बनाउन सुरु गरिएको उनले बताए ।
 आयोजनाबाट वार्षिक १६८.५५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । बुटवल पावर कम्पनी (बिपिसी) को सहायक कम्पनी न्यादी हाइड्रो पावर लिमिटेडले निर्माण गरिरहेको सो आयोजनाबाट उत्पादन हुने विद्युत मस्र्याङ्दी कोरिडोरको २२० केभी खुदी सबस्टेसनमा जोड्ने तय भएको छ । तर, विद्युत उत्पादन सुरु हुने अवधिभित्र प्रसारण लाइन तथा सबस्टेसनको काम पूरा नहुने निश्चित भएकाले वैकल्पिक रूपमा भुलभुले सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाईमा नबिल, ग्लोबल आइएमई, हिमालय, सनराइज बैंक र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले ऋण लगानी गरेका छन् । आयोजना सम्पन्न गर्न करिब ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago