भर्खरै

ऊर्जा क्षेत्रमा ८३ अर्ब बजेट विनियोजन

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - रुपा तुलाधर
title
काठमाण्डौ, जेठ ।  सरकारले ऊर्जा क्षेत्रमा ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।  ऊर्जा क्षेत्रको विकासका लागि सरकारले आर्थिक वर्ष २०७६ ÷ ७७ मा ८३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको हो ।
 
सात प्रदेशमा कम्तिमा दुई आयोजना विकास गर्ने
 
मुलुकको दिगो आर्थिक विकाससँगै सामाजिक रुपान्तरण तथा समृद्धिको माध्यम ऊर्र्जा    क्षेत्रलाई लिदै आगामी आर्थिक वर्षको बजेटमा सातै प्रदेशमा कम्तिमा दुई ठूला जलविद्युत तथा सौर्य आयोजनाहरुको विकास गर्ने भएको छ । सबै नेपालीको घरघरमा आधुनिक ऊर्जा पुर्याई उज्यालो नेपाल बनाउने गरी जलविद्युत र नवीकरणिय ऊर्जाको विकास तथा विस्तार गरिने भएको हो ।  त्यस्तै जलविद्युत, सौर्य, जैविक, वायु,लगायत नविकरणिय ऊर्जाको पहुँच कम भएका प्रदेश नं २, कर्णाली र सुदुरपश्चिम प्रदेशलाई पूर्ण अध्याँरोमुक्त प्रदेश घोषणा गर्ने भएको हो । 
 
एक हजार मेगावाट विद्युत राष्ट्रिय प्रणरणलाईनमा जोडिने

माथिल्लो तामाकोशी र रसुवागढी लगायत निर्माणधिन आयोजनाबाट आगामी वर्ष एक हजार विद्युत राष्ट्रिय प्रशारणलाइनमा थप गरीने भएको छ भने नेपालको पानी जनताको लगानी अभियान अन्र्तगत सञ्चालन गरीएका माथिल्लो अरुण, किमाथान्का अरुण, त्रिशुली ३ बी, सान्जेन, माथिल्लो सान्जेन, लगायत १८ आयोजनाहरुबाट ३५ सय मेगावाट विद्युत उत्पादन प्रक्रिया अघि बढाइने भएको छ ।
 
बुढीगण्डकी आयोजनालाई १३ अर्ब रकम बिनियोजन 

आगामी आर्थिक वर्षका लागि १२ मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाका लागि सरकारले  रु १३ अर्ब ५७ करोड बिनियोजन गरेको छ । त्यस्तै तनहुँ जलविद्युत आयोजनाका लागि ८ अर्ब ९० करोड, तामाकोशी — ५ का लागि १ अर्ब ८५ करोड र बुढी गंगा जलविद्युत आयोजनाका लागि २ अर्ब २ करोड विनियोजन गरीएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago