भर्खरै

कुलमानलाई विरोध होइन प्रोत्साहनको आवश्यक छ

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - Admin
title

 
जलविद्युतको प्रशस्त सम्भावना भए पनि आवश्यता अनुरुप विद्युत उत्पादन हुन नसक्दा तथा व्यवस्थापनमा भएको कमजोरीका कारण  काठमाण्डौ उपत्यकामा अहिले भन्दा करिब ३ वर्षअघि १८ घन्टासम्म लोडसेडिङ्ग हुने गरेको थियो ।  उपत्यकावासी अँध्यारोमा बस्न बाँध्य थिए । विद्युतका माध्यमबाट हुने कार्यहरुमा निकै नै समस्या हुने गरेको थियो तर नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व पाएपछि भने काठमाण्डौ उपत्यका लगायत देशभर लोडसेडिङ्ग  अन्त्य भएको छ । 
 
अहिले आम नेपाली जनताका लागि लोडसेडिङ्ग इतिहास बनिसकेको छ । घिसिङको सफल नेतृत्व र कुशलव्यवस्थापनका कारण नै अहिले नेपालमा लोडसेडिङ्गको अन्त्य भएको हो ।  यसो भन्दैमा लोडसेडिङ्गको अन्त्यमा घिसिङको मात्र योगदान थियो भन्ने होइन यसमा सम्बन्धित अन्य व्यक्ति तथा निकायको पनि भूमिका उत्तिकै महत्पूर्ण छ । हाल औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ्ग अन्त्य भइसकेको छ । औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग अन्त्य भए सँगै उत्पादनमा वृद्धि हुन थालेको छ  । यसले देशको अर्थतन्त्रमा समेत सघाउ पुगेको छ ।  आम नेपाली जनताले नियमीत विद्युत उपभोग गर्न पाउदा जनताहरु खुसी छन् । सरकारले पनि जलविद्युतको आवश्यकता महशुस गर्दै जलविद्युत क्षेत्रको विकासका लागि विभिन्न योजनाहरु ल्याएको छ । हाल भारतबाट विद्युत आयात गरी नेपालको विद्युतभार व्यवस्थापन गरिदै आएको भए पनि विभिन्न आयोजनाबाट उत्पादित विद्युत प्रशारण लाइनमा जोडिने क्रम बढ्दो रहेको छ । यसले आगामी दिनमा भारतबाट विद्युत ल्याउन नपर्ने देखिन्छ ।
 
ऊर्जा क्षेत्रमा घिसिङको नेतृत्व पछि भएका परिवर्तनहरु सकारात्मक छन् । उनको नेतृतवले नै ऊर्जा क्षेत्रको विकासमा सघाउ पुगेको हो । ऊर्जा क्षेत्रको विकास गरी आम नेपाली जनतालाई उज्यालोमा राख्ने घिसिङ र उनको नेतृत्वलाई पछार्नका लागि विभिन्न व्यक्तित्वहरुबाट विभिन्न प्रयासहरु भने नभएका होइनन् । अहिले पनि उनको नेतृत्वलाई कमजोर बनाउन सांसद सम्म लागि परेको देखिन्छ । यद्यपि उनी अझै नेपाली जनताको हितमा छन् र नेपाली जनताका लागि नै कार्य गर्दै छन् । उनको सफल नेतृत्वका कारण आज नेपाली जनता उज्यालोमा बस्न पाएका छन् । घिसिङको नेतृत्वले पाएको सफलताबाट अन्य व्यक्तिहरुले पाठ सिक्न जरुरी छ भने राम्रो काम गर्नेलाई प्रोत्साहन  गर्न पनि आवश्यक छ । 

प्रतिक्रिया