भर्खरै

हुवावेईको बिक्री एकचौथाइ घट्ने अनुमान

  • प्रकाशित मिति : Sat-15-Feb-2076
  • - Admin
title

पेचिङ (चीन) । चिनियाँ दूरसञ्चार उपकरण निर्माता कम्पनी हुवावेईको बिक्री एकचौथाइसम्म घट्ने अनुमान सार्वजनिक भएका छन् । अमेरिकाले कम्पनीमाथि लगाएको प्रतिबन्धका कारण अन्तरराष्ट्रिय बजारहरूबाट कम्पनीको फोन बिलाउने सम्भावना बढिरहेको छ । सिंगापुर र फिलिपिन्स लगायत केही एशियाली बजारमा त खुद्रा बिक्रेताले कम्पनीको फोन बेच्न नै अस्वीकार गरिरहेका छन् । यस्तोमा बजार विश्लेषकहरूले स्मार्टफोनको विक्री घट्ने बताएका हुन् ।
 
प्रतिबन्ध यथावत् रह्यो भने यस वर्ष कम्पनीको स्मार्टफोन विक्री ४ प्रतिशतदेखि २४ प्रतिशत घट्ने फुबोन रिसर्च एन्ड स्ट्राटेजी एनालिटिक्सले बताएको छ । अन्य कयौं विज्ञले पनि आगामी ६ महीनाभित्र कम्पनीको विक्री घट्न सक्ने बताइरहेका छन् । प्रतिबन्धबारे छाएको अनिश्चियका कारण विक्री ठ्याक्कै यति नै घट्छ भन्ने निश्चित नभएको विज्ञहरूको भनाइ छ । अमेरिकी वाणिज्य मन्त्रालयले गत हप्ता मात्रै हुवावेईमाथि अमेरिकी वस्तु किन्न प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्ध २५ प्रतिशत वा सोभन्दा धेरै अमेरिकी प्रविधि वा वस्तुबाट तयार पारिएको वस्तु तथा सेवामा लागू छ । सरकारको आदेशको पालना गर्दै गूगल लगायत अमेरिकी प्रविधि कम्पनीले हुवावेईलाई आपूर्ति र अपडेट नै बन्द गर्ने घोषणा गरेका छन् ।
 
गूगलले एन्ड्रोइडको प्रयोगमा हुवावेईलाई लगाएको प्रतिबन्धका कारण आगामी वर्ष पश्चिम यूरोपको स्मार्टफोन बजारबाट हुवावेई पूरै हट्न सक्ने स्ट्राटेजी एनालिटिक्समा वायरलेश स्मार्टफोन रणनीतिज्ञ निर्देशक लिन्डा सुइले बताइन् । आगामी वर्ष हुवावेईको स्मार्टफोनको विक्री थप २३ प्रतिशत घट्न सक्ने उनको भनाइ छ ।यद्यपि,चिनियाँ बजार ठूलो भएकाले यसले कम्पनीलाई निकै टेवा दिने विश्वास उनले लिएकी छन् । सन् २०१९ मा हुवावेईले २५ करोड ८० लाख थान स्मार्टफोन बेच्ने प्रक्षेपण यसअघि फुबोन रिसर्चले गरेको थियो । तर, अहिले स्थिति खराब भएको अवस्थामा बिक्री २० करोडमा आउने बताइएको छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 3 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 8 hours ago