भर्खरै

माथिल्लो तामाकोसीको ११औं वार्षिक साधारण सभा असार ११ मा

  • प्रकाशित मिति : Fri-14-Feb-2076
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं,जेठ । दोलखा जिल्लामा निर्माणाधिन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीको ११औं वार्षिक साधारण सभा हुने भएको छ । 
कम्पनीको गत जेठ ७ गते बसेको सञ्चालक समिति बैठकले आगामी असार ११ गते साधारण सभाको मिति तय गरेको हो ।
 
 कम्पनीको साभारण सभाबाट आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने कार्यसूची छ । चालु वर्षको असार मसान्तसम्मको वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमाथि पनि छलफल गरी पारित गरिने कम्पनीले जनाएको छ । 
 
यस्तै, साधारण सभामा लेखा परीक्षण समितिको सिफारिस बमोजिम चालु वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुने भएको छ । कम्पनीको प्रबन्ध पत्र तथा नियमावली बमोजिम साधारण सभाले सर्वसाधारण शेयर सदस्यको तर्फबाट ४ जना सञ्चालक समिति सदस्य चयन गरिने कम्पनीले जनाएको छ । साधारणसभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कम्पनीले जनाएको छ । आयोजनाबाट आगामी आर्थिक वर्षदेखि विद्युत उत्पादन गर्ने लक्ष्य कम्पनीको रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago