भर्खरै

७७.८ प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ : अर्थमन्त्री खतिवडा ,९१ स्थानीय तह अझै विद्युतविहिन

  • प्रकाशित मिति : Thu-13-Feb-2076
  • - प्रदिप श्रेष्ठ
title

 
काठमाण्डौं,जेठ । अर्थमन्त्री युवराज खतिवडाले यस आवको फागुन सम्ममा  नेपालको कुल जनसंख्याको ७७.८ प्रतिशत जनतामा विद्युतको पहुँच पुगेको बताएका छन् ।
 
सोमबार राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्रालयले तयार गरेको आव २०७५/०७६ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् ।
 
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कुल जनसंख्याको ६९.९ प्रतिशत जनतामा ऊर्जाको पहुँच पुगेको थियो । 
अर्थमन्त्रालयको सर्वेक्षण अनुसार सबैभन्दा बढि प्रदेश नं ३ मा ९०.३० प्रतिशत जनतामा विद्युत पहुँच पुगेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा २७.०३ प्रतिशत जनतामा विद्युत पहँच पुगेको जनाएको छ । प्रदेश नं १ मा ७५.९० प्रतिशत जनतामा विद्युत पहँच, प्रदेश नं २ मा ७९.७७ प्रतिशत, प्रदेश नं ४ मा ८७.३९ प्रतिशत र प्रदेश नं ७ सुदुरपश्चिममा ५८.९० प्रतिशत जनतामा विद्युत पहँच पुगेको छ ।     
अर्थमन्त्री खतिवडाले यस आ.व को फागुन सम्मको अवधिमा नेपालमा कुल ११ सय ४२ मेगावाट विद्युत उत्पादन भएको बताए । त्यसमध्ये कुल जनसंख्याको १८ प्रतिशत अर्थात ५७ मेगावाट नवीकरणीय ऊर्जाको स्रोतबाट जनतामा विद्युत उपलब्ध भईरहेको उनले बताए । 
 
९१ स्थानीय तह अझै विद्युतविहिन

नेपालको ७५३ वटा स्थानीय तह मध्ये अझै ९१ स्थानीय तहमा विद्युत सेवा पुग्न सकेको छैन । आर्थिक सर्वेक्षणका अनुसार विद्युत सेवा नपुगेका स्थानीय तहहरु मध्ये कर्णालीका ४३ स्थानीय तह,सुदुरपश्चिम प्रदेशका १५ स्थानीय तह, प्रदेश नं १ मा १३ स्थानीय तह,प्रदेश नं ३ मा ६ स्थानीय तह,प्रदेश नं ४ मा ६,प्रदेश नं ५ मा ८ गरी कुल ९१ स्थानीय तहमा विद्युत सेवा नपुगेको सर्वेक्षणमा उल्लेख गरिएको छ । प्रदेश नं २ मा भने सबै तहसम्मा विद्युत पुगेको छ । सरकारले सन् २०३० सम्ममा सबै तहमा ऊर्जाको पहुँच पु¥याउने लक्ष्य लिएको छ । 
त्यस्तै यस आ.व मा विद्युतको माग र आपूर्तिको अन्तर समेत घटेको पाइएको छ । आ.व ०७३÷०७४ मा विद्युत माग र आपूर्तिको अन्तर ४ सय ८५ थियो । यस्तै आ.व ०७४/०७५ मा ३ सय ५७ रहेको मा यस आ.व मा जम्मा २० मेगावाट रहेको पाइएको छ । त्यस्तै आर्थिक सर्वेक्षण प्रतिवेदनमा राष्ट्रिय गौरवको आयोजनाको प्रगति उत्साहजनक रहेको बताउँदै हुम्ला बाहेकका अन्य सबै जिल्लाहरु सडक सञ्जाल सँग जोडिएको उनको भनाई थियो । बैठकमा बोल्दै उनले भने “राष्ट्रिय गौवरको आयोजनाहरु मध्ये गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थलको काम यसै आ.व भित्र सम्पन्न हुने छ”। पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थल,मध्यपहाडी लोकमार्ग,उतरदक्षिण लोकमार्गको काम पनि तीवै गतिमा अगाडि बढिरहेको छ । 
 
 
यस्तै, कार्यक्रममा  आ.व २०७५/०७६ को फागुन सम्ममा २१८ वटा उद्योगहरुमा आन्तरिक तथा बाह्य गरी रु. ११ अर्ब लगानी प्रतिबद्धता भएकोले  थप ७ हजार ९ सय ५३ रोजगारी सिर्जना हुने अनुमान सरकारको रहेको छ ।  
 

प्रतिक्रिया