भर्खरै

बिजुली पुगेपछि गाउँमा खुसियाली

  • प्रकाशित मिति : Thu-06-Feb-2076
  • - Admin
title
स्याङ्जा, जेठ । स्याङ्जाको चापाकोट नगरपालिकामा बिजुली पुगेपछि गाउँमा खुशी छाएको छ ।  चापाकोट नगरपालिका–७ का गहते, टाङ्ले र कोकमाडीमा पहिलो पटक बिजुली पुगेपछि चापाकोट नगरपालिकाको दुर्गममा पर्ने यस ठाउँका बासिन्दा खुसियाली छाएको हो । 
गाउँमा बिजुली बत्तीको अभावका कारण निक्कै समस्या भोग्नु परेको स्थानीयवासीहरुलाई अब भने गाउँमा बिजुली  आएपछि मोबाइल चार्ज गर्न, रेडियो, टिभी तथा अन्य बिजुलीबाट चलाउने विद्युतीय सामग्री चलाउन सहज भएको छ । 
 
चापाकोट नगरपालिकाकै अति विकटमध्येको गहते, टाङ्ले र कोकमाडीमा मगर समुदायको बसोबास रहेको छ । बजारभन्दा टाढा रहेको उक्त गाउँ बिजुलीको अभावमा अँध्यारो रहेको बस्तीमा नेपाल विद्युत् प्राधिकरण उज्यालोको सहारा बन्न पुग्यो । हाल ३५ घरधुरीमा बिजुली बत्तीको सेवा पुगेकोछ ।  
झरी परेका बेला सोलारले राम्रो र धेरै समय काम नगर्ने साथै शहर बजारबाट आउने आफ्ना आफन्त, इष्टमित्रलाई अहिलेको जमानामा बिजुली बिनाको अन्धकारमा राख्नु हाम्रा लागि दुर्भाग्य थियो अब सो समस्या हटेर गएकाले स्थानीयमा खुशियाली छाएको छ । वडा नं ७ का वडाध्यक्ष एकादेव भट्टराईका अनुसार दुई वर्ष पहिले निर्वाचनका बेला त्यस गाउँमा पुग्दा स्थानीयको मुख्य माग विद्युतीकरण रहेको  बताउँदै निर्वाचनका बेला त्यहाँका स्थानीयले राखेको मागलाई सम्बोधन गर्न सफल भएकोमा खुसि व्यक्त गरे । 
वडाध्यक्ष भट्टराईले भने गत वर्ष विजयादशमीका समयमा यो वडाका गढभञ्ज्याङ, जालिमडाँडा, कोलङ, सामाकोट, पँधेरामा विद्युतीकरण गरिएको र यसपटक वडामा बाँकी रहेका ३५ घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराएका छौँ ।”गाउँमा बिजुली आउने भएपछि स्थानीयले बिजुलीका पोल बोक्ने, गाड्ने तथा तार तान्ने  कार्यमा सघाएका थिए । स्थानीय वडावासी र नेपाल विद्युत प्राधिकरण स्याङ्जा वितरण शाखाले निरन्तररुपमा कार्यलाई तीव्रता दिएसँगै समयमै कार्य सम्पन्न भएको वडाध्यक्ष भट्टराईले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago