भर्खरै

मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण तीव्र गतिमा

  • प्रकाशित मिति : Wed-05-Feb-2076
  • - Admin
title

ताप्लेजुङ, जेठ  । ताप्लेजुङस्थित तमोर नदीबाट उत्पादन गर्न लागिएको ७३ मेगावाट क्षमताको मध्यतमोर जलविद्युत् आयोजनाको निर्माण कार्यले तीव्र गति लिएको छ । आयोजनाको मुख्य प्रवर्द्धक संस्था सानिमा हाइड्रो एण्ड इञ्जिनियरिङ प्रालिका अनुसार सन् २०२२ मा आयोजना सम्पन्न गर्ने गरी डेढ महिनाअघिबाट निर्माण थालिएको हो । 

 
निर्माण शुरु भएको छोटो अवधिमा नै २७७ मिटर लामो इन्सफेक्सन सुरुङ मार्गमध्ये १६० मटिर सुरुङ मार्ग निर्माण पूरा भएको छ भने ३०२ मिटर अडित सुरुङमार्गमध्ये २८० मिटर पूरा भएको छ । यस्तै आयोजनाको हेडवर्क्सका लागी समेत आवश्यक संरचना निर्माण पनि अघि बढेको छ । यी संरचना फुङ्लिङ नगरपालिकामा पर्ने हाङ्देवा र फुरुम्बुको तल्लो क्षेत्रमा पर्ने मत्लिुङमा निर्माण भइरहेको हो । चिनीया निर्माण व्यवसायी कम्पनी झिझोङ फष्ट हाइड्रोले आयोजनाको मुख्य संरचनाको निर्माण गरिरहेको हो । 
 
आयोजना निर्माणको गतिलाई हेर्दा निर्धारित समयमा नै सकिनेमा विश्वस्त रहेको आयोजनाका प्रमुख डा मणिराज पोखरेलको भनाइ छ । नेपाली इञ्जिनियरले डिजाइन गरेको र निजी क्षेत्रले बनाउन लागेको ठूला आयोजनामध्ये उक्त आयोजना समेत पर्ने पोखरेलले बताए । कूल रु १२ अर्ब बराबरको लागतमा निर्माण हुने सो आयोजनामा २५ प्रतिशत स्वलगानी र ७५ प्रतिशत सातवटा बैंकको लगानी हुने जनाइएको छ । आयोजनाको मुख्य संरचना मिक्वाखोला गाउँपालिका–२ खोक्लिङ र फक्ताङलुङ गाउँपालिका–१ सावादिनमा रहने आयोजनाले जनाएको छ । 
 
यस्तै फुङलिङ नगरपालिकाको फुरुम्बुस्थित मत्लिुङमा ५० मटिर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी तमोर नदीको पानीलाई तीन हजार ३३७ मिटरको सुरुङमार्फत खोक्लिङको थुम्बाबेँसीमा र्पुयाइनेछ । यस आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नर्मिाण हुने सवस्टेशनमा र्पुयाई राष्ट्रिय प्रशारण लाइनमा जोडिने आयोजनाका जनसम्पर्क अधिकृत करण गौतमले जानकारी दिए । 
 
सुरुमा ५४ मेगावाट विद्युत उत्पादन गर्ने गरी प्रक्रिया अघि बढे पनि पछि १९ मेगावाट थप भएसँगै आयोजनाको उत्पादन ७३ मेगावाट पुगेको हो । ५४ मेगावाट क्षमताका लागि प्रक्रिया अघि बढ्दै गर्दा निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि हेडवर्क्स परिवर्तन भएसँगै १९ मेगावाट थप भएको थियो । रासस

प्रतिक्रिया