भर्खरै

स्मार्टफोनमा अब ६४ मेगापिक्सेलको क्यामरा

  • प्रकाशित मिति : Sat-01-Feb-2076
  • - Admin
title

 
स्मार्टफोन फोटोग्राफीका सन्दर्भमा एप्पल आइफोन तथा गुगल पिक्सेल स्मार्टफोनलाई अग्रणी मानिन्छ । तर यो मामिलामा सामसुङ पनि कमजोर खेलाडी होइन ।गत वर्ष सामसुङले ४८ मेगापिक्सेल आइसोसेल क्यामराका साथ स्मार्टफोन क्यामराको बजारमा तहल्का मच्चाएको थियो । यसपटक चाहिँ एक कदम अघि बढ्दै सामसुङले ६४ मेगापिक्सेल स्मार्टफोन क्यामरा तयार गर्दैछ ।यो ६४ मेगापिक्सेल आइसोसेल ब्राइट जी डब्लु वान क्यामरा सेन्सरले सामसुङको टेट्रासेल प्रविधि प्रयोग गर्नेछ । साथै यो सेन्सरले १ सय डेसिबल सम्मको रियल टाइम हाइ डाइनामिक रेन्ज (एचडीआर) सपोर्ट गर्नेछ ।
यो क्यामरामा सुपर फेस डिटेक्सन अटो फोकस टेक्नोलोजी पनि हुनेछ, जसले प्रष्ट तस्वीर खिच्न सघाउनेछ । यसले स्लो मोसन भिडियो समेत खिच्न सकिनेछ । सामसुङको यो स्मार्टफोन क्यामरा सेन्सर अहिले नमूना परीक्षण उत्पादनको चरणमा रहेको र यो वर्षको उत्तरार्धतिर व्यावसायिक उत्पादन थालिने छ । सासमुङका यी स्मार्टफोन क्यामरा उत्पादन भएसँगै बजारमा ६४ मेगापिक्सेल क्यामरा भएका स्मार्टफोन पनि आउने छन् । एजेन्सी

प्रतिक्रिया