भर्खरै

अरुण भ्याली हाइड्रो पारवको नाफामा वृद्धि

  • प्रकाशित मिति : Fri-31-Jan-2076
  • - Admin
title

काठमाण्डौ, बैशाख ।  अरुण भ्याली हाइड्रो पावर विकास कम्पनीले ४ करोड १७ लाख ४४ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीले चालु वर्षको चैत्रसम्मको अवधिमा यो मुनाफा कमाएको हो । 
 कम्पनीका अनुसार चालु वर्षमा आर्जन गरेको मुनाफा गत वर्षको यही अवधिको तुलनामा १ करोड ७८ लाख २४ हजार रुपैयाँ बढी भएको  जनाएको छ । गत वर्ष २ करोड ३९ लाख १९ हजार रुपैयाँ खुद नाफा कम्पनीले आर्जन भएको थियो । कम्पनीको तेस्रो चौमासिक वित्तीय विवरण अनुुसार विद्युत बिक्रीबाट ४ करोड २० लाख ३९ हजार रुपैयाँ आम्दानी भएको छ । यो गतवर्षको तुलनामा करिब ६५ लाखले बढी हो । यसैगरी, अन्य शिर्षकबाट साढे ३ करोड ४ लाख ४८ हजार आम्दानी गरेको छ । अन्य शिर्षकको गत वर्षको आम्दानी १ करोड २० लाख ८० हजार रुपैयाँ थियो । कम्पनीले संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना निर्माण गरेको छ ।

प्रतिक्रिया