भर्खरै

महानगरले ल्याएको बु्रमर सञ्चालनमा समस्या

  • प्रकाशित मिति : Sat-25-Jan-2076
  • - Admin
title

काठमाडौँ, बैशाख ।  काठमाडौँ महानगरपालिकाले सडक सफा गर्नका लागि  सञ्चालनमा ल्याएको बु्रमर अहिले सञ्चालनमा समस्या देखिएको छ ।  महानगरले  एक महिना  अघि देखि ब्रुमर सञ्चालनमा ल्याएको भए पनि सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ महानगरपालिका वातावरण विभागका अनुसार काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेकोे जनाएको छ । 
विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार सञ्चालनमा रहेका पाँच बु्रमरबाट अहिले सम्म दुई सय २० टन धुलो संकलन गरिसकेको  र संकलित धुलो टेकुमा व्यवस्थापन गरिएको जानकारी दिए ।  
गत फागुन २८ गते इटालीबाट ल्याइएका बु्रमर सञ्चालनका लागि कामपाले पाँच वटा रुट निर्धारण गरेको छ । सोही रुट अनुरुप काम गरिरहेको भए पनि सबै दिनमा काम गर्ने वातावरण नहँुदा समस्या भएको बताइएको छ । 
 
ब्रुमर सञ्चालनमा सडकमा रहेका खाल्डाखुल्डीे  प्रमुख समस्याका रुपमा रहेको श्रेष्ठले बताए । यसको समाधानका लागि सडक विभागलाई पनि आग्रह गरेको छ । नियमित पर्ने पानी र खाल्डाखुल्डीका कारण बु्रमर सञ्चालनमा समस्या देखिएको छ ।  रु १० करोड ८० लाखको लगानीमा ल्याइएका पाँच बु्रमर मध्ये चार वटा १६ टन क्षमता र एउटा छ टन क्षमताको छ । दैनिक १० किलोमिटर सम्मको धुलो संकलन गर्नसक्ने क्षमता रहेको सो बु्रमरमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी  प्लास्टिकका चार ब्रससहित धुलो तान्न सक्ने शक्तिशाली पाइप जडान गरिएका छन् ।

प्रतिक्रिया