भर्खरै

बिजुलीबाट चल्ने गाडीका लागि उपत्यकाका १० स्थानमा सवारी चार्जिङ खुल्ने

  • प्रकाशित मिति : Wed-22-Jan-2076
  • - Admin
title

 बैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यसहित आफैंले चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । पहिलो चरणमा काठमाडौंमा १० स्थानमा साना सवारीको चार्जिङ स्टेसन स्थापना गर्न प्रक्रिया अघि बढेको हो । यसमा ठूला बस लगायतका सवारी पनि चार्ज गर्न सकिनेछ ।
 
प्राधिकरणले एक सूचना जारी गर्दै शहरका मुख्य भागहरुमा स्टेसन निर्माणका लागि स्थान उपलब्ध गराउन ब्यापारिक, कम्प्लेक्स, सिनेमा हल, सुपर मार्केट, पार्क, विश्वविद्यालय, सरकारी निकाय, होटल, अस्पताल लगायतलाई आग्रह गरेको छ ।
विशेष गरी धेरै चहल–पहल हुने शहरी क्षेत्रमा पहिलो चरणमा ‘डीसी बुस्ट चार्जिङ स्टेसन’ राख्न लागिएको ऊर्जा दक्षता विभागका सहायक प्रवन्धक सागरमणि ज्ञावालीले जानकारी दिए ।
‘हामी धेरै गाडीको चहल–पहल हुने ब्यापारिक स्थानमा यस्तो चार्जिङ स्टेसन राख्नेछौं’ उनले भने,‘यसले ती ठाउँमा जाने व्यक्तिको संख्या बढेर त्यस्ता संस्थालाई फाइदा हुनेछ भने हामीले चार्जिङ स्टेसनको सुविधा दिन सक्नेछौं ।’
यस्ता चार्जिङ स्टेसनका लागि तीनवटा गाडी एकैपटक चार्ज गर्न सकिने ठाउँ उपलब्ध हुनुपर्नेछ । यस्तै ५० वटा गाडी पार्किङको सुविधा भएका ठाउँलाई मात्र चार्जिङ स्टेसनका लागि छनोट गर्ने बताइएको छ ।
‘यो ब्यापारिक मोडल हो, हामीले चार्जिङ स्टेसन राखेपछि स्थगान उपलब्क्ध गराउनेहरुकोमा ग्राहक बढ्छन्,’ उनले भने,‘चार्जिङ स्टेसनले ब्यापारिक भवनको प्रतिष्ठा र ब्यापार पनि बढ्छ । यो विद्युचतीय सवारीको प्रवद्र्धनको अभियानमा पनि सहयोग पुग्छ ।’
 
हाल पहिलो चरणमा १० चार्जिङ स्टेसनका लागि कन्ट्रोल रुमसहति १० करोड लगानी गर्ने योजना छ । चार्जिङ स्टेसनका उपकरण खरिदका लागि केही दिनमै बोलपत्र आह्वान गरिने ज्ञावालीले बताए ।
अबको ६ महिनमा उपत्यकाभित्र चार्जिङ स्टेसन खालिसक्ने योजना छ । हाल काठमाडौंमा ६ सय विद्युतीय सवारी रहेको अनुमान छ । ती सवारी घरमै निकै समय लगाएर चार्ज गरी चलाइन्छ ।
अब भने छिटो चार्ज हुने गरी साना सवारीका लागि प्राधिकरणले शहरका विभिन्न भागमा सुविधा दिन लागेको हो । यो सुविधापछि विद्युतीय सवारीको प्रयोगकर्तामा आत्मविश्वास बढ्ने र थप विजुली गाडी प्रयोगमा आउन सुरु हुने विश्वास प्राधिकरणको छ ।
तत्कालका लागि सफा टेम्पोको लागि तोकिएको शूल्कमै चार्जिङ सुविधा दिने योजना छ । सरकारले निजी प्रयोजनका सवारीका लागि हाल छुट्टै चार्जिङ शुल्क तोकेको छैन । विद्युत नियमन आयोग गठन भएपछि मात्रै नयाँ शुल्क तोक्न सकिने अवस्था छ ।
अहिले स्थापना गर्न लागिएको एउटा चार्जिङ स्टेसनमा फरक–फरक पोर्टमा लाग्नेखालका तीनवटा चार्जर हुनेछन् । ती ५०÷५० किलोवाटका हुनेछन् । एउटा चार्जिङ स्टेसनमा एकैपटक तीनवटा सवारीले चार्ज गर्न सक्छन् ।
यस्तो चार्जिङ स्टेसनलाई एउटै स्मार्ट कन्ट्रोल सिस्टममा आवद्ध गरिनेछ । कन्ट्रोल सबैलाई रुमबाट सञ्चालन र व्यवस्थापन गर्न सकिने गरी स्टेसन निर्माण हुनेछ ।
‘बेलुकीकने समयमा हाम्रो सिस्टमलाई धेरै विजुली चाहिएको हुन्छ, त्यो समयममा चार्ज रोक्नुपर्छ,’ ज्ञावालीले भने ।
 
यस्तै यस्ता चार्जिङ स्टेसनमा जाँदा मोबइल एपबाटै समय बुक गर्न सकिने प्रवन्ध पनि गरिने ज्ञावालीले बताए । आफूले बुक गरेको समयमा स्टेसन पुगेर चार्ज गराउन सकिनेछ ।
आगामी पुसदेखि माथिल्लो ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने हुँदा मुलुक विद्युतीय सवारी साधन प्रयोगको प्रक्रियामा जानै पर्ने भएकाले त्यसको प्रक्रिया शुरु गर्न लागिएको प्राधिकरण बताउँछ ।
अब देशभित्रै बिजुलीको खपत बढाउन आवश्यक हुने भएकाले त्यसका लागि विजुली गाडीको प्रवद्र्धन योजना बनेको छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विजुली बढी हुने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।
हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करिब ९८ प्रतिशत बढी सम्पन्न भएको छ । आगामी पुसमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
विद्युतभार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौँका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेसन खडा गर्नेछ ।
काठमाडौँपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेसन जडान गने योजना छ । साना सवारीका लागि स्टेसन बनाएलगत्तै उपत्याकभित्र बसहरुका लागि पनि स्टेसन बनाइने ज्ञावाली बताउँछन् ।
पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिन लागिएको हो । अनलाइन खबर
 

प्रतिक्रिया