भर्खरै

आर्थिक वर्ष २०७६/०७७ बाटै बुढीगण्डकी आयोजनाको निर्माण शुरु

  • प्रकाशित मिति : Wed-22-Jan-2076
  • -
title
काठमाडौं, बैशाख ।  १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य आर्थिक वर्ष २०७६/०७७ बाट सरकारले शुरु गर्ने भएको छ । 
 
शुक्रबार संघीय संसद् भवनमा राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा आयोजनाको निर्माण शुरु गरिने उल्लेख गरिएको छ ।
 
आयोजनाले गोरखा र धादिङ गरी २७ वटा गाविसलाई प्रभावित पारेको छ । सरकारले  प्रभावित सबै जनताहरुका लागि मूआब्जा निर्धारणको काम नसकिदैं आयोजनाको काम शुरु गर्ने योजना बनाएको छ । आयोजना प्रभावित स्थानीय जनताहरुले पटक पटक मुआब्जा निर्धारण गर्न दबाब दिदा समेत सरकारले हाल सम्म गोरखाको आरुघाट बजार क्षेत्र र धादिङको खहरे क्षेत्रको मूआब्जा निर्धारण गर्न सकिरहेको छैन ।
 
त्यस्तै  सरकारको नीति तथा कार्यक्रममा सरकारले नेपालको पानी जनताको लगानी अभियान अन्र्तगत ३५ सय मेगावट विद्युत् उत्पादन गर्ने महत्वाकांक्षी योजना प्रसतुत गरेको छ । उक्त आयोजनामा देशभरका सम्पूर्ण नेपालीलाई शेयर स्वामित्वमा प्रवेश गराउने सरकारले लक्ष्य लिएको छ । यस्तै आगामी चार वर्षभित्र सबैका लागि स्वच्छ ऊर्जा पहुँच र्पुयाइने र उज्यालो नेपाल अभियानअन्तर्गत सबै नेपालीका घरघरमा बिजुली पु¥याइने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले यसै आर्थिक वर्ष भित्र देशका विभिन्न स्थानमा निर्माण भईरहेका ८७ जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने सरकारी लक्ष्य छ । त्यसबाट एकहजार मेगावाट विद्युत केन्द्रीय प्रसारण प्रणालीमा जोडिने छ । निर्माणाधीन विद्युत् आयोजनाहरूबाट व्यावसायिक उत्पादन सुरु हुनु अगाडि प्रसारण लाइन निर्माण सम्पन्न गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago