बढ्यो डिजेल पेट्रोलको र मटितेलको मूल्य ,यस्तो छ नयाँ मूल्य सूची ?
- प्रकाशित मिति : Mon-20-Jan-2076
- - प्रदिप श्रेष्ठ

वैशाख, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल , डिजेल र मटितेलको मूल्य बढाएको छ । शुक्रबार राति १२ बजेबाट लागु हुने गरी मूल्य वृद्धि भएको हो । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको भने मूल्य यथावत राखिएको छ ।
नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गाइतले पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाएर नयाँ मूल्य १११ रुपैयाँ ५० पैसा भएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ भाउ बढाएर मूल्य ९८ रुपैयाँ कायम भएको उनले बताए ।
पछिल्लो १०/१५ दिनमा अन्र्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले मूल्य बढाउनुपरेको उनको भनाइ छ । अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमुल्यन भएकाले इण्डियन आयल कर्पोरेशनबाट १ मे २०१९ मा मूल्य बढेर आएको निगमको दावी छ ।
निगमका अनुसार यो मूल्य वीरगञ्जतर्फको सीमा मूल्यमा पेट्रोलमा १३.६७ प्रति लिटर र डिजेल १५.६४ प्रति लिटरले नेपालतर्फ नै सस्तो रहेको जनाएको छ ।