जनताको लगानी सुनिश्चित हुनुपर्छ : ऊर्जामन्त्री पुन
- प्रकाशित मिति : Sun-19-Jan-2076
- - रुपा तुलाधर
काठमाण्डौ, बैशाख । ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जनताको लगानी सुनिश्चित हुनुपर्ने बताएका छन् । आज ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा जनताको जलविद्युत कार्यक्रम अन्र्तगत रसुवागढी जलविद्युत आयोजना र सान्जेन जलविद्युत आयोजनाको साधारण शेयर बाँडफाँट कार्यक्रममा बोल्दै मन्त्री पुनले यस्तो बताएका हुन् ।
रसुवागढी जलविद्युत आयोजना
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सिद्धार्थ क्यापिटल लिमिटेड तथा एनआईबिएल एस क्यपिटल लि रहेको छ भने ग्लोबल आईएमई क्यापिटल लि र सन्राइज क्यापिटल लि. को सह निष्काशन तथा बिक्रि प्रबन्धकत्वमा रहेका छन् । रसुवागढी हाइड्रोपावर लिमिटेडको प्रति शेयर एक सय अंकित दरले ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर निष्काशन गरिएकोमा ३ लाख २ हजार ३ सय ४३ जना आवेदकहरुबाट १ करोड ७१ लाख ७ हजार ८ सय ४० कित्ताको लागि आवेदन परेकोमा रित नपुगेका ११ हजार ७१ जना आवेदकको आवेदन खारेज गरी १० कित्ता देखि ४० कित्ता सम्म माग गर्ने आवेदकलाई माग बमोजिम ३५ लाख १५ हजार ९ सय ३० कित्ता शेयर प्रदान गरिएको छ ।
५० देखि ५ हजार कित्ता माग गर्ने आवेदकलाई ४० कित्ताका दरले ५५ लाख ६६ हजार ६ सय कित्ता शेयर बाँडफाँट गरिएको छ । ५० देखि ५ हजार कित्ता माग गर्ने आवेदकलाई गोलाप्रथाका माध्यमबाट २५ हजार ६ सय ९३ जनालाई थप १० कित्ता शेयर बाँडफाट गरिएको छ । त्यस्तै बाँकी रहेको ७ कित्ता शेयर ५० देखि ५ हजार कित्ताका लागि आवेदकहरु मध्ये ७ जना सफल आवेदक छनौट गरी जम्मा ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता शेयर बाँडफाँट गरिएको हो ।
साञ्जेन जलविद्युत आयोजना
त्यस्तै ५७.३ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाले ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर खुल्ला गरिएकोमा ३ लाख ५ हजार ९७ जना बाट जम्मा १ करोड ३८ लाख ६९ हजार ७ सय ३० कित्ताका लागि आवेदन परेको कम्पनीले जनाएको छ । आवेदन दिने मध्ये रित नपुगेको ११ हजार ७ सय जनालाई शेयर बाँडफाँटमा समावेश नगरी १० कित्ता देखि २ हजार कित्ता सम्म आवेदन दिने २ लाख ८८ हजार ८ सय ९७ जना आवेदकहरुलाई न्यूनतम १० कित्ता शेयरको दरले जम्मा २८ लाख ८८ लाख ९ सय ७० कित्ता शेयर बाँडफाँट गरिएको छ । त्यस्तै बाँकी रहेको २० लाख ९३ हजार २ सय ८० कित्ता शेयरलाई पुनः २० कित्ता देखि २ हजार कित्ता सम्मको आवेदन दिने २ लाख २९ हजार ४ सय ४२ जना आवेदकहरु मध्येबाट गोलाप्रथाद्धारा थप १० कित्ताका दरले कुल २ लाख ९ हजार ३ सय २८ जना आवेदकहरु छनौट गरी ४९ लाख ८२ हजार २ सय ५० कित्ता शेयर बाँडफाँट गरिएको हो ।
शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नागरिक लगानी कोष रहेका छ भने सह–निष्काशन तथा बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल लि.÷सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
कार्यक्रममा ऊर्र्जामन्त्री पुनले जनताको जलविद्युत कार्यक्रम प्रभावकारी बन्दै गएको र देश भरका जनता यस कार्यक्रममा सहभागी भएको प्रति खुसी व्यक्त गर्दै जनता लगानी गर्न तयार रहेको देखिएको बताए । शेयर बाँडफाँट स्वच्छ ढंगबाट भएको बताउँदै उनले नेप्शे पजि अहिले उकालो लाग्दै गएको बताए ।