सूर्या लाईटिङ्ग भारतको एउटा प्रतिष्ठित ब्राण्डका लाईटिङ्ग हो

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - आर.के लाइट सेन्टर, प्रबन्धक निर्देशक राजेश कुमार शाह
title

विगत लामो समय देखि नेपाली बजारमा गुणस्तरीय प्रविधियुक्त विद्युतीय सामग्रीहरुको बिक्रि वितरण गर्दै आईरहेको आरके लाइट सेन्टरले आनो छुटै एउटा पहिचान बनाउन सफल भएको छ । २०४१ साल बाट व्यावसायिक यात्रा शुरुवात गरेको यस कम्पनीले व्यवसायको शुरुवाती चरणमा र हाल सम्म आईपुग्दा व्यवसायमा,बजारमा आएको भिन्नता,बजार अवस्था,सरकारी निकायबाट  भएको सहयोग विद्युतीय सामानको गुणस्तर लगायतको सन्र्दभमा रहेर आर.के लाइट सेन्टरका प्रबन्धक निर्देशक राजेश कुमार शाहसँग विद्युत संसार साप्ताहिकका भीमलाल श्रेष्ठले गरेको कुराकानीको केहि अश ः

तपाईले व्यावसायिक यात्राको शुरुवाती चरणको अवस्था र हालको अवस्थामा कति भिन्नता पाउनुभएको छ ?

पहिलेको तुलनामा हाल बजारको अवस्था धेरै परिवर्तन आइसकेको छ । पहिले बजार सीमित मात्रामा थियो तर हाल सोही बजार बृहत बनेको छ । नेपालमा जतिपनि विद्युतीय क्षेत्रको विस्तार भईरहेको छ सोही अनुरुप विद्युतीय सामानहरुको बजार पनि विस्तृत रुपमा बढ्दै गईरहेको छ । पहिलेभन्दा निश्चित रुपमा विकास भईसकेको छ । 
 
पहिलेको ग्राहक र अहिलेको ग्राहकमा के भिन्नता कस्तो पाउनुभएको छ त ?

पहिलेको ग्राहक र अहिलेको ग्राहकमा निकै भिन्नता छ । पहिलेको ग्राहकहरुलाई प्रोडक्ट सम्बन्धि कुनैपनि ज्ञान थिएन । व्यापारीले जस्तो सामान दियो त्यस्तै सामान खरिद गरेर जाने गर्दथ्यो तर अहिलेको ग्राहकहरु हरेक प्रोडक्टको गुणस्तर,वारेन्टी , ग्यारेन्टी,मूल्य इत्यादि सबै कुरा बुझेर मात्र सामान खरिद गर्ने गर्दछ । नयाँ प्रविधिको विकास भएसँगै उपभोक्ताहरु पनि सचेत भईसकेको अवस्था छ । त्यसैले हरेक प्रोडक्टहरु ब्राण्डेड नै छनोट गर्ने गर्दछ । 
 
तपाईले व्यावसायिक यात्राको शुरुवाती चरणमा कुन ब्राण्डको सामानबाट व्यावसायिक यात्रा शुरुवात गर्नुभएको थियो ?

हामीले शुरुमा मिनार ब्राण्डका सामानहरुबाट व्यवसाय गर्न शुरुवात गरेको हो ।  मिनार ब्राण्डका एफ टी स्वीच, इलेक्ट्रोन ट्युब, ईसीई ट्युब ,फिटिङ्ग , बल्ब लगायतका सामानहरु भारतबाट आयात गरेर व्यवसाय गर्न शुरुवात गरेका थियौ । २०४१ सालदेखि विद्युतीय बजारमा व्यवसाय शुरु गरेर हाल सम्म निरन्तर रुपमा नेपालमा व्यवसाय गर्दै आईरहेका छौं । 
 
हजुरको कम्पनी शुरुवाती समयमा पनि सरकारको तर्फबाट कस्तो किसिमको सहयोग समर्थनहरु पाउनुभएको थियो  ? यस बारे बताईदिनुहोस् न । 

हामी जस्तो व्यवसायीहरुलाई सरकारको तर्फबाट खासै कुनै पनि सहयोग भएको थिएन र हाल सम्म पनि भएको पाइदैन । व्यवसायीहरुका लागि पहिले देखि नै झन्झटिला प्रक्रियाहरु पुरा गरेर व्यवसाय गर्नुपर्ने बाध्यता रहेको थियो । ट्याक्सपेयरहरुका लागि त्यस्तो कुनैपनि सुविधा दिएको छैन । 
 
व्यवसायीहरुको हकहितका लागि २१ जिल्लाको प्रतिनिधि गरिरहेको नेपाल विद्युतीय व्यवसायी महासंघले तपाईहरु जस्तो व्यवसायीहरुका लागि के–कस्ता काम गरिरहेको छ ? आगामी दिनहरुमा यस्ता संघ संस्थाहरुले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?

हामी जस्ता व्यवसायीहरुका समस्याहरुलाई सम्बन्धित ठाँउ सम्म पु¥याएर समाधान गर्नु नै संघ महासंघको मुख्य काम हो । तर यी संस्थाहरुले खासै यस्ता काम गरेको जस्तो लाग्दैन । हाम्रो समस्या लिएर गएपनि जुन सुन्न पर्नेले पनि सुनेको छैन । व्यवसायीहरुमा करको समस्या ज्युकोतिउ छ ,भन्सार बिन्दुमा भन्सार मूल्याङकनको समस्या, गुणस्तरीय सामानको आयात गर्दा फुल बिलिङ्ग गरेर ल्याउँदा पनि शंकाकै दृष्टिबाट हेरेर नमान्ने जस्ता समस्या व्यवसायहरुले भोग्दै आईरहेको छ । त्यसैले संघ महासंघले व्यवसायीलाई यो समस्याबाट मुक्त बनाउन सम्बन्धित निकाय सम्म पहल गर्नु आवश्यक छ । 
 
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय ब्राण्डका सामानहरु आर.के लाइट सेन्टरबाट  कति वटा ब्राण्डका बिक्रि वितरण गर्दै आउनुभएको छ ?

हामीले हाल सम्म खेतानका यान, हवेल्स कम्पनीका स्ट्याण्र्डड यान, एलेक्ट वेल,एन जी रोयल,भ्याल्कन मोडुलर स्वीच, मेफा एमसीबी र सूर्या लाईटिङ्ग गरी ७ वटा ब्राण्डका सामानहरु बिक्रि वितरण गर्दे आईरहेका छौ । यी सबै ब्राण्डका सामानहरु गुणस्तरीय ,प्रविधियुक्त र उपभोक्तामैत्री छ । त्यसैकारण उपभोक्ताहरुको पहिलो रोजाईमा पर्न सफल भईरहेको छ । 
 
तपाईको कम्पनीबाट भर्खरै मात्र बजारमा ल्याउनुभएको भारतमा निर्मित सूर्या लाईटिङ्ग कस्तो किसिमको लाइट हो ? यसबारे प्रष्ट पारिदिनुहोस् न । 

सूर्या लाईटिङ्ग फिलिप्स पछिको दोस्रो भारतको एउटा प्रतिष्ठित ब्राण्डका लाईटिङ्ग हो । यस ब्राण्डका उत्पादित सबै सामानहरु आयात गरी बिक्रि गर्दै आईरहेका छौं । लिड बल्ब, लिड ट्युब, फिटिङ्ग,स्ट्रेट लाइट,पोल लाइट,प्यानल लाइट,इण्डष्ट्रियल लाइट लगायतका सूर्या लाइट अन्र्तगतका सामानहरु हामीले बजारमा ल्याईरहेका छौं । लिड बल्बमा ०.५ वाट देखि ४५ वाट सम्म र १८ देखि २० सम्मका ट्युब लाइट,फिटिङ्ग लाइटमा १० वाट देखि ४०० वाट क्षमता सम्म,पोल लाइटमा २० देखि ८०० वाट क्षमता,प्यानल लाइट ६ वाट देखि २४ वाट सम्म क्षमता भएका लाइटहरु हामीले ल्याएका छौं भने इण्डष्ट्रियल लाइटमा माग अनुसारका लाइटहरु हामीले आयात गर्ने गरेका छौं ।
 
२०४१ सालमा काम गर्ने इलेक्ट्रिसियन र हाल काम गर्ने इलेक्ट्रिसियनको काम गर्ने शैलीमा कत्तिको अन्तर पाउनुभएको छ ?

पहिलेका इलेक्ट्रिसियनहरुले विना तालिम देखासिकीको भरमा काम गर्ने गर्दथ्यो भने अहिले इलेक्ट्रिसियनहरु सबै तालिम लिएर दक्ष भई काम गर्ने गर्दछ । तालिम प्राप्त भएर काम गर्ने इलेक्ट्रिसियन भएकोले विना तालिम काम गर्नेहरु खासै भेटिदैन । विभिन्न प्रविधियुक्त मेशिनहरु भित्रिएपछि पहिले र अहिलेमा काम गर्ने शैलीमा धेरै फरक भईसकेको छ । 
 
व्यवसायलाई प्रवद्र्धन गर्न आर.के लाइट सेन्टरको भावी योजनाहरु के–के रहेका छन् ?

व्यवसायी क्षेत्रमा गुणस्तरीय सामानहरुको पहलकदमीका साथ उर्जा किफायती का प्रोडक्टहरु बजारमा ल्याउने र बजार व्यवस्थापन गर्ने पहिलो योजना हो भने विभिन्न किसिमका  समय समयमा  व्यवसायी र इलेक्ट्रिसियनहरु भेला गराई आफ्नो प्रोडक्टहरुको बारेमा जानकारी दिने गरेका छौं । आगामी दिनहरुमा यसलाई अझैं वृहत रुपमा अघि लैजाने हाम्रो मुख्य उद्धेश्य छ । हाम्रो स्वीच प्रोडक्टहरुमा इलेक्ट्रिसियनहरुका लागि विभिन्न  उपहार कुपनहरु समेत  राखिरहेका छौं । 

प्रतिक्रिया