भर्खरै

जनतालाई विश्वासमा लिएर मात्रै आयोजनाको काम अघि बढाउन सकिन्छ ः ऊर्जामन्त्री पुन

  • प्रकाशित मिति : Sat-18-Jan-2076
  • - Admin
title

 
काठमाण्डौ, बैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले जनतालाई विश्वासमा लिएर मात्रै जलविद्युत आयोजनाको काम अघि बढाउ सकिने बताएका छन् । आईतबार उत्तरगंगा जलविद्युत आयोजना नदीको बहाव क्षेत्रमा नै निर्माण गर्न माग गर्दै पुगेका सरोकारवाला निकायहरु सँगको छलफलमा मन्त्री  पुनले यस्तो बताएका हुन् । छलफलमा मन्त्री पुनले स्थानीय जनता र राजनीतिक दलहरुको सहमतिमा मात्रै सो आयोजनाको कामलाई अघि बढाउने गरी अहिले त्यसको विस्तृत अध्ययनको कामलाई अघि बढाइएको स्पष्ट पारे । 
बागलुङ र रुकुमको सीमामा पर्ने सो आयोजनाको विस्तृत अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणले आनो काम अघि बढाएको छ । तर त्यो आयोजनाको काम अघि बढाउँदा नदीको बहाव अनुसार नै अघि बढाउनुपर्ने त्यस क्षेत्रका सांसद लगायतका जनप्रतिनिधिहरुले  माग गर्दै आएको छ । मन्त्री पुनले प्राविधिकहरुले अध्ययन गरेपछि त्यसैको आधारमा छलफल गरेर सो आयोजनाको कामलाई अघि बढाउने सरकारको योजना रहेको स्पष्ट पारे ।
 
वर्षाको पानी संकलन गरेर हिउँदमा विद्युत उत्पादन गर्ने गरी सरकारले सो आयोजनाको विस्तृत अध्ययनको कामलाई अघि बढाउने योजना बनाएको छ । त्यसका लागि नदीको बहाव अनुकूल हुने गरी सो आयोजनाको कामलाई अघि बढाउन सरोकारवाला निकायको सरकारसँग माग छ । सरोकारवाला निकायले सो आयोजनाको कामलाई अघि बढाउँदा स्थानीय जनताको हित हुने गरी अघि बढाउन मन्त्री पुनलाई ज्ञापन –पत्रसहितको सुझाव पनि दिएका छन् ।

प्रतिक्रिया