भर्खरै

३ सय परिवारलाई मिटरबक्स र कालोतार वितरण

  • प्रकाशित मिति : Sat-11-Jan-2076
  • - Admin
title

 तेह्रथुम , बैशाख । तेह्रथुम गाउँपालिका लाई अन्धकारमुक्त बनाउने उद्देश्यका साथ उज्यालो छथर अभियान अन्तर्गत ३ सय परिवारलाई मिटरबक्स र कालोतार दिन सुरु गरिएको छ । आर्थिक रूपमा विपन्न र अहिलेसम्म विद्युत्को पहुँचबाट वञ्चित रहेका परिवारलाई कालोतार र मिटर बक्स दिन सुरु गरिएको हो । आर्थिक वर्ष ०७४÷७५ मा अभियान घोषणासँगै १० लाख रकम विनियोजन गरी काम सुरु भएको थियो । यस आवमा १० लाख रुपैयाँ गाउँपालिकाले विनियोजन गरेको जनाएको छ । गाउँपालिकाका प्रत्येक वडामा विद्युतबाट वञ्चित रहेका घरको तथ्यांक संकलन गरी मिटरबक्स र कालोतार दिन सुरु गरिएको अध्यक्ष सन्तवीर लिम्बुले बताए । छथर–२ का चित्रबहादुर लिम्बुलाई कालोतार र मिटरबक्स कानुन तथा न्यायमन्त्री भानुभक्त ढकालले छथरको शुक्रबारेमा आयोजित कार्यक्रममा प्रदान गरिएको छ । 
३६ सय ३६ घर रहेको यो गाउँपालिकालाई आव ०७६÷७७ वर्ष भित्र अन्धकारमुक्त बनाई उज्यालो छथर बनाउने लक्ष्य रहेको प्रवक्ता राजन नेपालीले बताए ।  गाउँपालिकाका नागरिकलाई कालोतार र मिटरबक्सका साथै भौगोलिक रूपमा विद्युत् विस्तारका लागि समस्या भएका ४९ परिवारलाई सोलार वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ, १५ चैत । प्रतिकूल मौसमका का 5 hours ago