भर्खरै

सरकारलाई वायु ऊर्जासहित मौसम मापन केन्द्र हस्तान्तरण

  • प्रकाशित मिति : Sat-11-Jan-2076
  • - Admin
काठमाण्डौ, बैशाख । मुस्ताङमा निर्माण गरेको तीन किलोवाटको उन्नत वायु तथा सौर्य ऊर्जा (सोलार) सहित अनलाइन मौसम मापन केन्द्र  निर्माण कम्पनी बुद्ध पावर कम्पनीले सरकारलाई हस्तान्तरण गरेको छ । 
नेपाली र स्पेनिस नागरिकले संयुक्त रूपमा स्थापना गरेको कम्पनीले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित कार्यक्रममा कम्पनीको तर्फबाट अध्यक्ष राफेल भिनास पिचले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई हस्तान्तरण गरेको हो  । कम्पनीले मुस्ताङ उपत्यकाको दिगो र हरित ऊर्जा विकाससम्बन्धी अध्ययन प्रतिवेदन पनि कार्यक्रममा मन्त्रीलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा मन्त्री पुनले प्रविधिको आधारमा ऊर्जा विकास गर्न सरकार अग्रसर हुने बताए । कम्पनीका सञ्चालक पुष्प तिमल्सिनाका अनुसार मर्मत सम्भारसहित ७६ लाख लगानी गरेर १८ महिना देखि सञ्चालनमा ल्याइएका ऊर्जा केन्द्र र मापन केन्द्र हस्तान्तरणसँगै सरकारले सञ्चालन गर्नेे जानकारी दिए । केन्द्रले मुस्ताङ उपत्यकाको मौसमसम्बन्धी जानकारी हरेक १० मिनेटमा अनलाइनमार्फत दिने उनले बताए । नमुना रूपमा निर्माण गरेर सरकारलाई हस्तान्तरण गरेको बताउदै उनले भने “अब सरकारले सञ्चालन गर्छ, अहिले नमुनामात्र हो, यस प्रविधिलाई अपनाएर धेरै क्षमताको विद्युत् उत्पादन गर्न सकिन्छ,।  दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको सो वायु तथा सौर्य ऊर्जा केन्द्र १८ महिनाअघि नै सम्पन्न भएको थियो । १८ महिनाको परीक्षण अवधिमा कुनै समस्या नआएको र पूर्ण क्षमतामा सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेपालका अरु थप १० दुर्गम जिल्लामा १० वटा अनलाइन मौसम मापन केन्द्र बनाउन लागेको तथा कम्पनीले तयार पारेको प्रतिवेदनले १२ महिनामा नेपालका हिमाली दुर्गम जिल्लामा ठूला उन्नत वायु तथा सौर्य एवं भौगर्भिक ऊर्जा उत्पादन गर्न सकिने देखिएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago