भर्खरै

जनताको जलविद्युत कार्यक्रम अन्र्तगतको रसुवागढी र साञ्जेन जलविद्युत आयोजनामा सभामुख महरा सहभागी

  • प्रकाशित मिति : Mon-06-Jan-2076
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौँ, बैशाख ।  जनताको जलविद्युत कार्यक्रम अन्र्तगतको रसुवागढी र साञ्जेन जलविद्युतमा सम्माननीय सभामुख कृष्णबहादुर महराले पनि आवेदन दिएका छन् । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको प्रतिफलसमेत नेपाली नागरिकलाई नै दिने लक्ष्यका साथ सरकारले शुरु गरेको सो कार्यक्रममा सभामुख महरासमेत सहभागी भएको हो । 
 
सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गईरहेको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सभामुख महराले ग्लोबल आईएमइ क्यापिटलमा हितग्राही खाता खोलेर जलविद्युत् कार्यक्रमको दोस्रो चरणमा आजदेखि साधारण शेयर बिक्री शुरु भएको रसुवागढी जलविद्युत् कम्पनीको रु.एक लाख बराबरको एक हजार कित्ता र साञ्जेन जलविद्युत् कम्पनीको रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयर खरीद गरी शेयर बजारमा पहिलो पटक प्रवेश गरेको छ । 
 
कार्यक्रममा सभामुख महराले सरकारले नयाँ कार्यक्रम शुरु गरेकोमा  खुसी व्यक्त गर्दै दूरदराजका नागरिकलाई समेत सहभागी हुने उपाय खोज्न आग्रह गरेका थिए । उनले सबै नेपाली नागरिकलाई कसरी सहभागी गराउन सकिन्छ  भन्ने बारेमा उपयुक्त विधि र विकल्प पनि खोज्नुपर्ने बताए । 
यस्तै,सभामुख महराका धर्मपत्नी सीता महराले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनको रु पचास हजार बराबरको पाँच सय कित्ता बराबरको शेयरमा आवेदन दिएका छन् । त्यस्तै मन्त्री वर्षमान पुन र उनको धर्मपत्नी पूर्वसभामुख ओन्सरी घर्ती मगरले पनि रसुवागढीमा रु एक लाख बराबरको एक हजार कित्ता र साञ्जेनमा रु पचास हजार बराबरको पाँच सय कित्ता साधारण शेयरमा आवेदन दिएका छन् ।  
 
सोही कार्यक्रमअन्तर्गत आज दोस्रो चरणमा रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनी रु एक अर्ब ५४ करोड बराबरको साधारण शेयर बिक्री शुरु गरेको छ । सरकारले गत फागुन २ गते जनताको जलविद्युत् कार्यक्रम घोषणा गरेको थियो । सो कार्यक्रमअन्तर्गत विभिन्न १९ आयोजनाबाट तीन हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।  यी दुवै आयोजनाको शेयर १० गते सम्म खुल्ला गरिएको छ । १० गते सम्म पर्याप्त आवेदन नपरेमा जेठ ५ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago