भर्खरै

विद्यालयको हाताभित्र रहेको विद्युत् ट्रान्सफर्मर अझै हटेन

  • प्रकाशित मिति : Sat-04-Jan-2076
  • -
title

सल्यान, बैशाख । सल्यानको शारदा नगरपालिका–४ पिपलनेटास्थित महेन्द्र रत्न माविको हाताभित्र रहेको ट्रान्सफर्मर अझै हटेको छैन ।  विद्यालयले ट्रान्सर्फमर हटाउन  विद्युत प्राधिकरणसँग माग गरे पनि  ट्रान्र्फमर अझै हट्न नसकेको हो । 
पिपलनेटा र आसपासका गाउँमा विद्युतीकरणका लागि करीब २ दशक पहिले विद्युतको ट्रान्सफर्मर जडान गरिएको थियो । तत्कालीन समयमा विद्यालयमा भरपर्दो घेरबार नहुनु, विद्यालय परिवारसँग खासै छलफल नगरेर ट्रान्सफर्मर जडान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक प्रकाश हमालका अनुसार ट्रान्सफर्मरसँगै जडित युज, स्वीच जमीनबाट करिब २ मिटर मात्र उचाइमा छ । त्यसकारण विद्यार्थी असुरक्षित भएको  बताए । कम उचाइमा विद्यालयको मैदानमै ट्रान्सफर्मर  हुँदा साना विद्यार्थी पनि सजिलै पुग्न सक्छन् र  यसबाट विद्यार्थीलाई ३–४ पटक करेन्ट लागिसकेको उनले जानकारी दिए । ट्रान्सफर्मर हटाउन लिखित रूपमै नेपाल विद्युत प्राधिकरण, सल्यान वितरण केन्द्रमा आग्रह गर्दा समेत कार्यान्वयन नभएको  प्राध्यापक हमालका बताए । 
 
विद्यालयका अनुसार ट्रान्सफर्मर हटाउन २०७२ पुस २ गते र पुस २६ गते गरी दुईपटक निवेदन विद्युत कार्यालयमा दिइएको थियो । ‘निवेदन दिएको ३ वर्ष बितिसक्दा समेत मागको सुनुवाइ भएको नभएको विद्यालय व्यवस्थापन 
समितिका अध्यक्ष रोमप्रकाश थापाले बताए । ट्रान्सफर्मर हटाउन दिएको निवेदनको सुनुवाइ नभएकाले अब जिल्ला प्रशासन कार्यालय, सल्यानमा ज्ञापनपत्र बुझाउने तयारी भइरहेको उनले बताए । 

प्रतिक्रिया