भर्खरै

गोरखा नगरपालिकाले इलेकिट्रसियनहरुको सुचिकृत गर्नु स्वागत योग्य कदम

  • प्रकाशित मिति : Sat-04-Jan-2076
  • - सम्पादकीय
title

 गोरखा नगरपालिकाले इलेकिट्रसियनहरुको  आगामी आव देखि सुचिकृत गर्ने भएको छ । नगरपालिकाले गोरखा नगरपालिका भित्र रहेका इलेक्ट्रिसियनहरुको सुचिकृत गरी आगामी साउन १ गतेबाट वायरिङ्गको नक्शा पास र इलेक्ट्रिसियन पेशामा आवद्ध रहेका इलेक्ट्रिसियनहरुको लागि लाइसेन्सको व्यवस्था गर्ने कामको शुरुवात गर्ने भएको हो ।
 
 यो कार्य इलेकिट्रसियनहरुको लागि मात्र नभई देशकै हित हुने भएकोले स्वागत योग्य र सराहनीय रहेको छ । नेपालमा जतिपनि इलेक्ट्रिसियन पेशामा आवद्ध रहेर काम गरिरहेका छन् ती सबै दक्ष र सक्षम इलेक्ट्रिसियन होइनन् । दक्ष र सक्षम इलेक्ट्रिसियन विना तालिम अनुभव र देखावटीको भरमा नै काम गर्ने इलेक्ट्रिसियनहरु रहेका छन् । विना तालिम तथा लाइसेन्स विनाको इलेक्ट्रिसियनहरु कै कमजोरीका कारण पछिल्लो समय विद्युतीय दुर्घटनाहरु दिन प्रतिदिन बढ्दै गएको छ । त्यसैले यस्ता विद्युतीय दुर्घटनाहरु कम गर्नका लागि सरकारले इलेक्ट्रिसियनहरुका लागि विभिन्न किसिमका तालिम,लाइसेन्स तथा प्रमाणपत्रहरुको व्यवस्था गर्नुका साथै इलेक्ट्रिकल इन्जिनियर र इलेक्ट्रिसियनहरुको छुट्टै प्राविधिक काउन्सिलको स्थापना गरी स्थानिय तह देखि नै कार्यान्यन गराउनु आजको  आवश्यकता  हो ।
 
 नेपालको सन्दर्भमा हेर्ने हो भने विद्युतीयकरणको विकास भएको आज मात्र नभई धेरै वर्ष पहिले विद्युतीकरणमा प्रवेश गरेको हो । तर पनि विद्युतको काम गर्ने व्यक्ति र शैलीमा कत्ति पनि परिवर्तन आउन सकेको छैन । त्यसैकारण अब गोरखा जिल्लामा मात्र नभई देशभरको इलेक्ट्रिसियनहरुको सुचिकृत गर्नु जरुरी छ । सरकारले इलेक्ट्रिसियनहरुको सुचिकृत गरी दक्ष र प्रमाणपत्रधारी इलेक्ट्रिसियनलाई मात्र काम गर्न स्वीकृति दियो भने विद्युतीय दुर्घटनालाई कम गर्न सकिन्छ । इलेक्ट्रिसियनहरुमा रहेको जतिपनि कमी कमजोरीहरुलाई सुधार्दै नीति तथा कानुनलाई कार्यान्वयन गराउने दिशामा समेत बाध्य बनाउने दायित्व इलेक्ट्रिसियनहरुको हुनुपर्दछ ।
 
स्थानीय सरकार,इलेक्ट्रिसियन संघ र प्रमाणपत्रधारी इलेक्ट्रिसियनको दायित्व लगायत सबैको दायित्वलाई व्यवस्थापन हुने गरेर यो पेशालाई सुरक्षित, सम्मानित, आयआर्जन र रोजगारमुलक पेशाको रुपमा लैजानका लागि  सरकारले आवश्यक व्यवस्थापन गरी तत्काल कार्यान्वयन गर्न सम्बन्धित सरोकार निकाय,इलेक्ट्रिकल इन्जिनियर सबैलाई साथ र सहयोग लिएर विनियम बनाएर अगाडी बढनु टड्कारो आजको आवश्यकता रहेको कुरामा कुनै दुईमत छैन । 

प्रतिक्रिया