भर्खरै

बरूण हाइड्रो पावर कम्पनीले घाटा कम गर्दै

  • प्रकाशित मिति : Fri-11-Jan-2075
  • - Admin
title

काठमाण्डौ, बैशाख । बरूण हाइड्रो पावर कम्पनी लिमिटेडले घाटा कम गर्दै लगेको छ । गत वर्ष रू. ५५ लाख ४५ लाख घाटामा रहेको कम्पनीले यस वर्ष ६१ प्रतिशत घाटा कम गरेको हो । यस आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको घाटा रू. २१ करोड ५४ लाख रहेको छ । तेस्रो त्रैमासमा कुल आम्दानी गत वर्षभन्दा २४ प्रतिशत वृद्धि गरी रू. १ करोड ३३ लाख ७२ हजार रहेको कम्पनीले विद्युत विक्रीबाट मात्र रू. १ करोड ८ लाख २६ हजार आम्दानी गरेको हो ।
यस अवधिमा गत वर्षभन्दा कम्पनीको सञ्चालन मुनाफा ३६ प्रतिशत बढी रू. १ करोड ८ लाख ९१ हजार रहेको थियो । तर, सञ्चालन खर्च तेस्रो त्रैमासमा रू. १ करोड ३० लाख ४६ हजार भएको छ । हाल रू. २५ करोड ५१ लाख ५० हजार चुक्ता पूँजी रहेको यस कम्पनीले शत प्रतिशत हकप्रद जारी गर्नका लागि गत वर्षको जेठ २२ गते नै सेबोनमा निवेदन दिएको छ । सेबोनको वेबसाइटमा उल्लेख भए अनुसार कम्पनीको हकप्रद स्वीकृत प्रकृयाका लागि आवश्यक थप कागजात माग गरेको देखिन्छ । 
कम्पनीको जगेडा कोष रकममा गत वर्षको तुलनामा ४२.४९ प्रतिशत वृद्धि भएको देखिन्छ । गत वर्षको तेस्रो त्रैमासमा रू. १ करोड ७८ लाख ११ हजार रहेको जगेडा कोष रकम यस वर्षको तेस्रो त्रैमाससम्मा रू. २ करोड ५३ लाख ७९ हजार पुगेको छ । कम्पनीको तेस्रो त्रैमासको विवरण अनुसार प्रतिशेयर आम्दानी रू. ९ दशमलव ९५ र प्रतिशेयर नेटवथ रू. १०९ दशमलव ९५ रहेको छ । 

प्रतिक्रिया