भर्खरै

अपर नौगाडको ९५ प्रतिशत काम सम्पन्न

  • प्रकाशित मिति : Fri-04-Jan-2075
  • - विद्युत संसार संवाददाता
title
दार्चुला, चैत ।  नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड साना जलविद्युत आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भएको छ ।  ८ मेगावाट क्षमताको यो आयोजनाको ९५ प्रतिशत काम सम्पन्न भए सँगै १ महिना भित्र  सम्पन्न गर्ने भएको हो । 
अपर नौगाड आयोजनाका इन्चार्ज मधुसूदन कोइरालाका अनुसार आयोजनाको  सिभिलतर्फको काम अन्तिम चरणमा पुगेको छ भने हाइड्रो मेकानिकतर्फको केही काम भने अझै बाँकी रहेको बताए । दुई युनिटमा जडान हुने यो आयोजनाले एक महिनाभित्र एक युनिटबाट विद्युत उत्पादन गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए ।
 
 ‘पेनस्टकको अधिकांश काम पूरा भएको छ, पावरहाउसभित्र मेसिन जडान र सर्ज ट्यांक निर्माणको कार्य भइरहेको छ,’ उनले भने, ‘कुनै समस्या नआएमा बैशाखमै एक युनिटबाट विद्युत उत्पादन सुरु हुन्छ । ’पावरहाउसमा  ४ मेगावाट क्षमताका दुई वटा युनिट राखिने आयोजनाले जनाएको छ । पहिलो युनिटबाट एक महिना भित्र विद्युत् उत्पादन सुरु हुने र अर्को युनिटबाट विद्युत् उत्पादन सुरु गर्न थप एक महिना लाग्ने आयोजना इन्चार्ज कोइरालाको भनाइ छ । २०७५ साउनको बाढीले निर्माणाधीन आयोजनामा ठूलो भौतिक क्षति भएकाले चैतभित्रै निर्माण सम्पन्न हुन नसकेको हो । साउनको बाढीले मात्रै आयोजनामा १० करोडको क्षति भएको आयोजनाको दाबी छ । यो आयोजना अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको छ । 
 
नौगाड गाउँपालिका ६ धुलिगडाको कुनेबगडदेखि फलामे पाइपमा पानी लगेर सुकेखोलाको पावर हाउसमा खसालिनेछ । पाइपलाइन (पेनस्टक) को लम्बाइ ५ किलोमिटर छ । २०७३ असोजदेखि निर्माण सुरु भएको आयोजनाको लागत १ अर्ब ४४ करोड रहेको इन्चार्ज कोइरालाले जानकारी दिए । अपर नौगाडमा उत्पादन भएको बिजुली शैल्यशिखर नगरपालिका १ बलाँचस्थित नेपाल विद्युत प्राधिकरणको चमेलिया सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । यसका लागि ९ किलोमिटर लामो ३३ केभीए प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको आयोजना इन्चार्ज कोइरालाले बताए । यसअघि प्रथम नौगाड जलविद्युत् आयोजनाले सुदूरपश्चिमका पहाडी जिल्लामा लोडसेडि· हटाउन नेपाल विद्युत् प्राधिकरणलाई ठूलो मद्दत गरेको इरालाको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago