भर्खरै

यस वर्ष विद्युत उत्तपादन ह्वात्तै बढ्यो नेपालमा

  • प्रकाशित मिति : Fri-01-Feb-2075
  • -
title
५ सय किलोवाटको फर्पिङ जलविद्युत्बाट सुरु भएको विद्युत् उत्पादनको इतिहास १ सय ७ वर्ष लामो छ । वि।सं। १९६८ सालमा नेपालमा विद्युत् उत्पादन भएको सुरु भएको जलविद्युत् उत्पादन हालसम्म आइपुग्दा १ हजार ३० मेगावाटको हाराहारीमा पुगेको छ । ५ सय किलोवाटको फर्पिङ जलविद्युत्बाट सुरु भएको विद्युत् उत्पादनको इतिहास १ सय ७ वर्ष लामो छ । वि।सं। १९६८ सालमा नेपालमा विद्युत् उत्पादन भएको सुरु भएको जलविद्युत् उत्पादन हालसम्म आइपुग्दा १ हजार ३० मेगावाटको हाराहारीमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणको भने नयाँ वर्ष २०७६ मानै १ सय ७ वर्षका उत्पादन भएको भन्दा बढी उत्पादन गर्ने लक्ष्य छ । विद्युत् प्राधिकरणको लक्ष्यअनुसार वर्ष २०७६ भित्र ११ सय ५० मेगावाट बराबरका ४० जलविद्युत् आयोजना निर्माण हुँदैछन् । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी नयाँ वर्ष २०७६ साल जलविद्युत् इतिहासकै सबैभन्दा बढी विद्युत् उत्पादन हुने वर्ष बन्ने बताउँछन् । “लक्ष्यअनुसार उत्पादन भयो भने १ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन नयाँ वर्ष २०७६ मा हुने देखिन्छ,” उनी भन्छन्, “सबै उत्पादन हुन सकेनन भनेपनि नयाँ वर्ष हालसम्मकै सबैभन्दा बढी विद्युत् उत्पादन हुने वर्ष बन्छ ।”विद्युत् प्राधिकरणका अनुसार ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६० मेगावाटको त्रिशुली ३ ए, १४ मेगावाटको कुलेखानी तेस्रो लगायतका आयोजना नयाँ वर्षभित्र सम्पन्न हुँदैछन् । यीबाहेक ४२ मेगावाटको मिस्त्रीखोला, २७ मेगावाटको दोर्दीखोला, २५ मेगावाटको अपर दोर्दी ए, ८२ मेगावाटको लोआर सोलुखोला, ८६ मेगावाटको सोलुखोला दूधकोसी, ३७।६ मेगावाटको काबेली–ए, ३४ मेगावाटको आँखुखोला लगायतका आयोजना पनि नयाँ वर्षभित्र सम्पन्न हुने सुचीमा प्राधिकरणले राखेको छ । २०७५ सालमै निर्माण सम्पन्न हुनुपर्ने २५ मेगावाटको काबेली बी ए, ३६ मेगावाट माथिल्लो बलेफी ए, २५ मेगावाटको दरवाङ म्याग्दी, १०२ मेगावाटको मध्यभोटेकोसी तथा ५७।३ मेगावाटको अपर र अपर साञ्जेन जलविद्युत् आयोजना पनि २०७६ सालमै सम्पन्न हुने अवस्था देखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हालसम्म सबैभन्दा बढी विद्युत् उत्पादन २०५९ सालमा १५१।५ मेगावाट उत्पादन भएको थियो । सो वर्ष १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना विद्युत् प्राधिकरणमार्फत निर्माण सम्पन्न भएको थियो भने नीजि क्षेत्रबाट ७।५ मेगावाटको इन्द्रावती तेस्रो उत्पादन भएको थियो । २०७४ सालमा ११७ मेगावाट, २०५७ सालमा नेपालमै पहिलो निजी क्षेत्रका खिम्ती र भोटेकोसीबाट १०५ मेगावाट उत्पादन भएको थियो । २०७६ सालमा भने स्वदेशी लगानीमा निर्माण भईरहेको माथिल्लो तामाकोसीदेखि विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको मध्यभोटेकोसी, साञ्जेनलगायतका आयोजनाहरू समेत सम्पन्न हुने भएकोले यसै वर्षदेखि विद्युत् प्राधिकरणले विजुली निर्यात गर्ने योजना बनाएको छ । हिउँदमा अझै विद्युत् अभाव भएर छिमेकी राष्ट्रबाट आयात गर्नुपर्ने भएपनि बर्षामा भने निर्यात गर्ने योजना छ । इनर्जी बैकिङ अन्र्तगत विद्युत् निर्यात गर्ने योजना प्राधिकरणको छ । त्यसैगरी नयाँ वर्ष २०७६ मै बुटबल–गोरखपुर अन्तरदेशीय प्रशारणलाइन निर्माण सुरु हुने छ । प्राधिकरणका प्रवक्ता उत्पादन मात्र होइन, व्यापार र पूर्वाधार निर्माणको दृष्टिकोणले पनि नयाँ वर्ष जलविद्युत् क्षेत्रका लागि सफल वर्ष हुने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago