भर्खरै

जलविद्युत उत्पादनमा चीनले बाजी मार्यो, दक्षिण एसियामा कसले कति उत्पादन गरे ?

  • प्रकाशित मिति : Fri-27-Dec-2075
  • - Admin
title

काठमाडौं,चैत ।  आर्थिक विकासमा शक्ति राष्ट्रको रूपमा उदाइरहेको छिमेकी देश चीनले जलविद्युत उत्पादनमा विश्वलाई पछि पारेको छ । साना ठूला गरी दुई सय बढी देशलाई उछिन्दै जलविद्युत उत्पादन गरेर चनि अग्रपंक्तिमा उभिएको हो । 
चीनले सन् २०१८ को अन्त्यसम्म करिब ३ लाख ४२ हजार मेगावाट विद्युत जलविद्युतबाटै उत्पादन गरेको छ । विश्व ऊर्जा परिषद (आइइसी) ले गरेको अध्ययन अनुसार चीनको जलविद्युत उत्पादन क्षमता करिब ६ लाख मेगावाट छ । विश्वमा जलविद्युत उत्पादन गर्ने जापान दोस्रो र भारत तेस्रो देशमा परेका छन् । ती देशले सन् २०१७ र २०१८ सम्म क्रमशः ४९ हजार ९ सय ५ मेगावाट र ४९ हजार ३ सय ८२ मेगावाट उत्पादन गरेका छन् । यस्तै, सन् २०१७ सम्म विश्वमा जलविद्युत उत्पादनको क्षमता करिब १२ लाख ६७ हजार मेगावाट पुगेको छ । 
विश्वको करिब साढे ७ अर्ब जनसंख्यामध्ये १ अर्बले जलविद्युत वा स्व्च्छ ऊर्जा उपयोग गरिरहेको अध्ययनले देखाएको छ । सन् २०१७ सम्म जलविद्युतले विश्वमा करिब ४ अर्ब मेट्रिक टन हरित ग्यास उत्सर्जन गरेको जनाइएको छ । पूर्वी एसिया र प्रशान्त क्षेत्रमा सन् २०१७ मा मात्र ९ हजार ८ सय मेगावाट जलविद्युत उत्पादन भएको थियो । सोही अवधिमा दक्षिण अमेरिकाले ४ हजार मेगावाट, दक्षिण तथा मध्य एसियाले ३ हजार ३ सय मेगावाट, युरोपले २ हजार ३ सय मेगावाट, अफ्रिकाले १९ सय मेगावाट र मध्य अमेरिकाले ५ सय मेगावाट जलविद्युत उत्पादन गरेका थिए । चीनले सन् २०१७ मा मात्र ९ हजार मेगावाट जलविद्युत उत्पादन गरेको थियो । सोही अवधिमा भारतले १९ सय मेगावाट र ब्राजिलले ३४ सय मेगावाट उत्पादन गरेका थिए । उता पोर्चुगल र अंगोलाले ११ सय र हजार मेगावाट उत्पादन गरेका थिए । एसिया महादेशमा चीनले सबैभन्दा बढी १७ लाख ७७ हजार मेगावाट विद्युत उत्पादन गरिसकेको छ । यसमध्ये ३ लाख ४२ हजार मेगावाट जलविद्युत हो । 
चीनमा अहिलेसम्म विद्युत उत्पादनको मुख्य स्रोत कोइला मानिएको छ । सन् २०१७ र २०१८ को अन्त्यसम्म अफगानिस्तानले ८ सय ४ मेगावाट, भुटानले १ हजार ६ सय १५ मेगावाट, बंगलादेशले ३ सय १५ मेगावाट, नेपालले एक हजार १९ मेगावाट, पाकिस्तानले ७ हजार ४ सय ७७ मेगावाट र श्रीलंकाले १ हजार ७ सय २० मेगावाट जलविद्युत उत्पादन गरेको अध्ययनले देखाएको छ । दक्षिण एसियामा कूल जलविद्युत उत्पादन क्षमता करिब ३ लाख ८९ हजार मेगावाट पहिचान गरिएको छ । यसमध्ये सबैभन्दा बढी भारत र सबैभन्दा कम बंगलादेशले ३ सय १५ मेगावाट जलविद्युत उत्पादन गरेका छन् । दक्षिण एसियामा ऊर्जा उत्पादनका दृष्टिले भारत सबैभन्दा अगाडि छ । उसले सन् २०१८ सम्म जडित क्षमता करिब ३ लाख ५० हजार मेगावाट पुर्याएको छ । यसपछि पाकिस्तानले २५ हजार मेगावाट, बंगलादेशले २० हजार मेगावाट र श्रीलंकाले ४ हजार ४ सय मेगावाट विद्युत उत्पादन गरेका छन् । स्रोत ः ऊर्जा खबर

प्रतिक्रिया