भर्खरै

दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुँदा पनि निगमले घटाएन इन्धनको मूल्य

  • प्रकाशित मिति : Sun-22-Dec-2075
  • - Admin
title
चैत्र ,काठमाडौँ । आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम ९आईओसी० ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ ।
 
यति धेरै नाफा हुँदासमेत निगम आफैंले बनाएको स्वचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको छैन । कार्यविधिअनुसार आईओसीले प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले मूल्य समायोजन गर्नुपर्छ । गत माघ १९ गतेकै समायोजन अहिलेसम्म कायम छ । ‘मूल्य समायोजन नहुँदा दुई महिना अवधिमा साढे २ अर्ब रुपैयाँ नाफा भएको छ,’ निगमका एक अधिकारीले भने, ‘पारदर्शी राख्न मूल्य घटाउनुपर्ने थियो, तर प्रणालीविपरीत भयो ।’
 
घाटा हुँदा देखाउने तर नाफामा तथ्यांक लुकाउनु गलत भएको उनले बताए । सरकारले ०७१ असोजदेखि पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो । प्रणालीले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यमा घटबढ हुनुपर्छ ।
 
जसले उपभोक्तालाई पेट्रोलियम पदार्थको आपूर्ति सहज हुने, मूल्य निर्धारण पारदर्शी हुने र निगमको आर्थिक सन्तुलनसमेत सुदृढ हुने सरकारको दाबी थियो । प्रणाली भने प्रभावकारी हुन सकेको छैन । निगमका कार्यकारी निर्देशक सुरेन्द्र फौडेलले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दो क्रममा रहेकाले समायोजन नगरेको तर्क गरे ।
 
‘अन्तर्राष्ट्रिय बजारमा इन्धन मूल्य बढ्दो त्रममा छ । त्यसैले घटबढ गरेका छैनौं,’ उनले भने, ‘कति मार्जिनमा बस्ने भनेर गृहकार्य भइरहेको छ । निगमको हितका लागि ३ प्रतिशतसम्म नाफामा बस्नुपर्छ ।’ उनले आईओसीले पठाएको नयाँ सूचीमा एलपी ग्यासलगायत अधिकांशमा मूल्य बढेको दाबी गरे पनि तथ्यांकमा घटेको देखिन्छ ।
 
तथ्यांकअनुसार एलपी ग्यासबाहेक सबै प्रकारका इन्धन नाफामा छन् । नयाँ सूचीअनुसार १५ दिन अवधिमा पेट्रोलबाट मात्रै ८ करोड १ लाख, डिजेलबाट २७ करोड ४८ लाख रुपैयाँ नाफा छ । हाल प्रतिलिटर पेट्रोलको मूल्य १ सय १० रुपैयाँ छ । नयाँ सूचीअनुसार प्रतिलिटर पेट्रोलमा ४ रुपैयाँ नाफा छ । डिजेलको बिक्री मूल्य ९७ रुपैयाँ छ । डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ७ पैसा नाफा छ । न्यून आय भएका जनताले प्रयोग गर्ने मट्टितेलबाट प्रतिलिटर २३ रुपैयाँ ४८ पैसा नाफा राखिएको छ ।
 
१५ दिनमा मट्टीतेलबाट २ करोड ५९ लाख नाफा हुने निगमले प्रक्षेपण गरेको छ । हवाई इन्धन ९आन्तरिक० मा पनि नाफा उच्च छ । यसमा प्रतिलिटर ९ रुपैयाँ ६२ पैसा नाफा छ । हवाई इन्धन प्रतिलिटर ९४।५० रुपैयाँमा बिक्री हुन्छ । १५ दिन अवधिमा हवाई इन्धनबाट २ करोड ४१ लाख रुपैयाँ नाफा हुने जनाइएको छ ।
 
हवाई इन्धन ९अन्तर्राष्ट्रिय० प्रतिलिटर १।१२५ डलरमा बिक्री हुन्छ । यसबाट १५ दिनमा २५ करोड ९२ लाख नाफा हुने निगमको प्रक्षेपण छ । खाना पकाउने एलपी ग्यासमा भने केही नोक्सान छ । प्रतिसिलिन्डर १ सय ७३ रुपैयाँ घाटा छ । १५ दिनमा २४ करोड ४३ लाख नोक्सान हुने अनुमान छ । यी सबै जोडदा निगमको पाक्षिक नाफा करिब ४२ करोड रुपैयाँ छ । इन्धनमा निगम स्वयं ठगी गर्दै आएको उपभोक्ताकर्मीले आरोप लगाए ।
 
‘उपभोक्तालाई झुक्याएर लुट्नेबाहेक केही काम भएन,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘आफैंले बनाएको कार्यविधिविपरीत अर्बौं नाफा राख्नु लुट हो ।’ आपूर्ति सचिव केदारबहादुर अधिकारीले अलिअलि नाफा राख्नुपर्ने बताए । निगम सञ्चित घाटामा रहेकाले नाफा राख्नुपर्नेउनले बताए ।
 
‘मूल्य समायोजनकालागि कार्यकारीलाई अधिकार छ । कति नाफा राख्ने त्यो पनि होला । मूल्यमा मन्त्रालयले हस्तक्षेप गर्दैन,’ निगम सञ्चालक समिति अध्यक्षसमेत रहेका अधिकारीले भने, ‘संस्था चलाउन अलिअलि नाफा हुनुपर्छ ।’
 
सचिव अधिकारीले घाटा भएको दाबी गरे पनि विगत केही वर्षयता निगम निरन्तर नाफामा छ । २०७४र७५ मा पनि साढे ३ अर्ब ५८ करोड रुपैयाँ नाफा रहेको स्रोतको भनाइ छ । ‘चाडबाडकै बेला अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको थियो । यहाँ समायोजन नहुँदा ३ अर्ब ८४ करोड नोक्सान भएको थियो,’ स्रोतले भन्यो, ‘अहिले पूर्ण रूपमा घाटा पूर्ति भइसकेको छ । सचिवलाई पनि सबै थाहा हुँदाहुँदै किन झुटो बोल्नुभएको होला रु’ उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले निगम व्यापारका लागि मात्रै भएको आरोप लगाए । ‘मन्त्री र सचिवले मूल्य नियन्त्रण गर्ने हो । जनताबाट निर्वाचित नै नागरिकका लागि भएनन्,’ उनले भने, ‘व्यापारीका लागि मात्रै भए ।’ साभार ः कान्तिपुर 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago