भर्खरै

हिमालय ऊर्जाको आईपीओ आजबाट खुल्ला, ५० देखि ६,५०० कित्तासम्म आवेदन दिन सकिने

  • प्रकाशित मिति : Fri-20-Dec-2075
  • - विद्युत संसार संवाददाता
title
काठमाण्डौं,चैत ।  हिमालय ऊर्जा विकास कम्पनीले आजदेखि आईपीओ खुल्ला भएको छ । 
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख ८५ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
जसमध्ये कर्मचारीका लागि ४४ हजार ५५० कित्ता, सामूहिक लगानी कोषका लागि ७४ हजार २५० कित्ता छुट्याइएको छ  भने बाँकी रहेको शेयरमा आम सर्वसाधारणका लागि छुट्याईएको कम्पनीले जनाएको छ । आवेदनकर्ताले यहि चैत २५ गतेसम्मा न्यूनतम ५० कित्तादेखि ६ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै शेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म आवेदन भर्न पाइने जनाएको छ । यसमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक–वित्तीय संस्था र तिनका शाखाबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्ने छ ।  कम्पनीले जारी पुँजी ९९ करोड रुपैयाँको १५५ शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको छ ।
 हिमालयले यसअघि आयोजना प्रभावित स्थानीयलाई ९ लाख ९० हजार कित्ता शेयर बिक्री गरेको थियो । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय ऊर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।२०५६ सालमा स्थापना भएको यस कम्पनीले हाल रामेछाप र दोलखामा बग्ने खिम्ती खोलामा उपल्लो खिम्ती जलविद्युत आयोजना (१२ मेगावाट) र अपर खिम्ती जलविद्युत आयोजना (७ मेगावाट) विद्युत परियोजना निर्माण गरिरहेको छ । उपल्लो खिम्ति १२ मेगावाट परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि २९ वर्ष रहेको छ । यता, अपर खिम्ति २ को ७ मेगावाट परियोजनाको विद्युत उत्पादन अनुमति पत्र बाँकी अवधि ३१ वर्ष छ । लगानी फिर्ता हुन ६.२१ वर्ष लाग्नेछ । डिस्काउन्टेड पे ब्याक अवधि ९.४३ वर्ष रहेको छ । उपल्लो खिम्ति र अपर खिम्ति २ जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब १४ करोड ६३ लाख ७४ हजार रहेको छ । यस आयोजनाको प्रतिमेगावाट लागत १६ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ ।
कम्पनीको उपल्लो खिम्ति र अपर खिम्ति २ गरी कुल १९ मेगावाटको परियोजना निर्माण गरिरहेको छ । हिमालयन ऊर्जाको पुस मसान्तसम्म प्रतिशेयर नेटवर्थ ९८.४९ रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७६।७७ मा प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ४३ पैसा पुग्ने प्रक्षेपण छ । चालु आर्थिक वर्षको अन्त्यसम्म सञ्चित नोक्सान २ करोड १ लाख रुपैयाँ पुग्ने अनुमान छ । आर्थिक वर्ष २०७६÷७७ मा भने १३ करोड २९ लाख नाफा गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago