भर्खरै

भारतका अन्र्तराष्ट्रिय ब्राण्ड सूर्या लिड नेपाली बजारमा

  • प्रकाशित मिति : Fri-13-Dec-2075
  • - Admin
title

 
काठमाण्डौं,चैत । नेपालको विद्युतीय बजार क्षेत्रमा विगत ३४ वर्ष देखि गुणस्तरयुक्त विद्युतीय सामग्रीहरुको बिक्रिवितरण गर्दै आइरहेको आर.के लाइट सेन्टरले सूर्या ब्राण्डका एलईडी बल्ब नेपाली बजारमा ल्याएको छ । 
नेपालको विद्युतीय सामग्रीको व्यावसायिक शुरुवातको इतिहास र मार्गदर्शकको रुपमा चिरपरिचित यस कम्पनीले भारतको अन्र्तराष्ट्रिय ब्राण्डको सूर्या एलईडी बल्ब नेपाली बजारमा ल्याएको हो । कम्पनीले स्थापनाकालको शुरुवातीचरण देखिनै खेतानका फ्यान एन.जी रोयल ब्राण्डका स्वीचहरु, स्ट्याण्डर ब्राण्डका एम. सी. बी, फ्यान,इलेक्ट वेल ब्राण्डका, फ्यानहरु, मेफा ब्राण्डका एम.सी.बीहरु,भ्यानकोन ब्राण्डका मोडुलर स्वीच, लिडजन्य प्यानल लाईटिङ्गहरु र सूर्या ब्राण्डका लिड जस्ता गुणस्तरयुक्त र उपभोक्ता मैत्रीविद्युतीय सामग्रीहरु नेपालीबजारमा बिक्रीवितरण गर्दै आइरहेको छ ।विभिन्न ब्राण्डका गुणस्तरीय विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्दै आइरहेकाले शुवात देखि आज ३४ वर्ष सम्म पनि नेपालीबजारमा प्रतिष्ठित र सफल व्यवसायीको रुपमा चिरपरिचित रहन सफल रहेको आर.के. लाईट सेन्टरका प्रबन्धनिर्देशक राजेश कुमार शाहले विद्युत संसार साप्ताहिक सँगको कुराकानीमा बताए ।
उनले भने हामीले बिक्रिगर्ने हरेक सामान ISI र ISO गुणस्तर चिन्ह् प्राप्त रहेकोले ग्राहक तथा उपभोक्ताको पहिलो प्राथमिकतामा पर्न सफल भएको हो । हाल नेपाली बजारमा करिब एक महिना अघि हामीले ल्याएको सूर्या ब्राण्डका लिडजन्य प्रोडक्टहरु भारतका प्रतिष्ठित अन्र्तराष्ट्रिय कम्पनी ISI र ISO गुणस्तर चिन्ह् प्राप्त गरेको प्रोडक्ट हो । जुन ५० देशमा निर्यात गरिदंै आएको छ । हामीले यस ब्राण्डका ०.५ वाट देखि ४५ वाट सम्मका लिड बल्व, १८ वाट देखि २० वाट सम्मका लिड ट्युव, २० वाट देखि ४०० वाट सम्मका पोललाईट, ६ वाट देखि २४ वाट सम्मको प्यानल लाईट, लिडजन्य फिटिङ्गहरुमा १० वाट देखि ४०० वाट सम्म रहेको प्रोडक्टका रेन्जहरु हामीले आयात गरेका छौ । सूर्या ब्राण्डका लिडजन्य प्रोडक्टहरु उज्यालोपना प्रति वाट १०० लुमिनेश रहेको,पावर फ्याक्टर ०.९ पि.एफ, ९० देखि २८० भोल्टेज रेन्ज ,२५ हजार घण्टा को  आयु रहेको,सटसर्किट बाट सुरक्षित रहने (CRI) लगायतका विशेषताहरु रहेको निर्देशक शाहले बताए । उक्त कम्पनी भारतमा  सन् १९७३ मा स्थापना भई ISO 9001:2008,ISO 14001:2004 & OHSAS 18001:2007  द्धारा प्रमाणित भएको कम्पनी हो । विगत ५ वर्षको CARG  (कम्पाउण्ड एनुवलग्रोथ रेट) अनुसार लाईटिङ्ग,फ्यान र एपलाइन्सेस मा १४.१४ प्रतिशत बजारको हिस्सा ओगट्टेकोे सूर्या रोशनी लिमिटेडको आधिकारीक वेभसाईटमा समेत जनाइएको छ ।

प्रतिक्रिया