भर्खरै

कापडीगाड आयोजनाको ९९ प्रतिशत काम पुरा

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - Admin
title
 
 धनगढी, चैत । ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत आयोजनाको ९९ प्रतिशत काम पुरा भएको छ । २०७२ सालदेखि डोटीको वीपीनगरमा निर्माणाधिन उक्त आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भएको हो । 
आयोजनाका सहायक इन्चार्ज सरोज घिमिरेले मुहान, कुलो, सुरुङ सिभिललगायतका काम सकिएको  बताए ।  उनका अनुसार ड्राइ टेस्ट र वेस्ट टेस्ट गर्ने काम भइरहेको र अब १ महिनाभित्र बिजुली बल्ने जानकारी दिए । विद्युतगृहमा चाहिने मुख्य उपकरण जडान भईसकेको उनले बताए ।  आयोजना सालमनी देवी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको छ । ५५ करोडको अनुमानित बजेटमा तोकिएकोमा ७० करोडभन्दा माथि खर्च भइसकेको छ । लागत रकम थप बढ्न सक्ने अनुमान गरिएको छ । 
 
जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत डोटी जिल्लाका सम्पूर्ण घरधुरी र प्रसारणलाइनसँग जोडिएमा सम्पूर्ण पहाडी जिल्ला,  कैलाली, कञ्चनपुर जिल्लालाई समेत पुग्नेछ । आयोजनाले सहजपुर–अत्तरिया प्रसारण लाइनसँग जोडेर वितरण गर्नेछ । कैलाली स्याउले फास्ट ट्रयाकबाट पनि प्रसारण लाइनसँग जोडिनेछ । जलविद्युत् आयोजना कम्पनीले उत्पादन सुरु गरेपछि वीपीनगरमा रहेको सबस्टेस्नमा जोडेर प्रसारण लाइनसम्म पु¥याउने लक्ष्य रहेको कापडीगाड जलविद्युत् आयोजनाका सहायक व्यवस्थापक पुष्कर भट्टराईले बताए । सालमनी देवी हाइड्रोपावरले आ˚्नै निजी लगानीमा उत्पादन गर्न लागेको उक्त आयोजना विद्युत प्रसारण लाइनमा जोडिएपछि डोटीका स्थानीय जनताबाट शेयर लगानीका लागि आह्वान गरिने व्यवस्थापक भट्टराईले जानकारी दिए ।  कम्पनीले स्थानीय जनतालाई १० प्रतिशत शेयर लगानी गर्ने प्रावधान बनाएको छ भने, स्थानीय कर्मचारी शेयर २.५ खुल्ला गरिनेछ । कर्मचारीले आफ्नो स्वइच्छाले शेयर लगानी गर्न सक्नेछन् । कम्पनीले ८७.५ शेयर लगानी गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago