भर्खरै

विद्युतीय दुर्घटना न्यूनिकरण गर्न नाङ्गो तार विस्थापन

  • प्रकाशित मिति : Sat-07-Dec-2075
  • - Admin
title
 
बागलुङ, चैत । बागलुङ बजार क्षेत्रमा  विद्युतीय दुर्घटना न्यूनीकरण गर्नका लागि नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ ।  बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गर्न नेपाल विद्युत् प्राधिकरणले कालो प्लााष्टिक जडित नयाँ तार जडानको काम गरिरहेको छ । 
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बागलुङका प्रमुख कपिलराज पाण्डेले नाङ्गो तारका कारण बजार क्षेत्रमा पटक पटक विद्युतीय दुर्घटना हुने गरेकाले त्यसको अन्त्यका लागि प्लास्टिक जडित (इन्सुलिटेड केबुल) तार 
प्रयोग गरिएको बताए । यसले नयाँ तारबाट वितरण हुने विद्युत चुहावटको समस्यासमेत धेरै कम हुनेछ र बजारभित्रको वितरण लाइनको नाङ्गो तार सबै विस्थापन गरिने उनले बताए ।  
 नेपाल विद्युत प्राधिकरणको वार्षिक कार्यक्रम  अनुसार नै बागलुङ बजारमा खतरामुक्त तार जडानको काम भइरहेको पाण्डेले जानकारी दिए ।  केन्द्र प्रमुख पाण्डेका अनुसार अहिले बागलुङ नगरपालिका–वडा नं १, २ र ३ को बजार क्षेत्रको भागमा विस्तार भएको प्रसारण लाइनको तार व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताए । प्लाष्टिकले बेरिएको तार भएका कारण विद्युत चुहावट हट्ने र हावाहुरी लाग्दा, पोल ढल्दा कुनै विद्युतीय दुर्घटनाको सम्भावना नहुने उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago