चैत १ गतेबाट माथिल्लो त्रिशूली ३ ‘ए’ को परीक्षण हँुदै
- प्रकाशित मिति : Fri-29-Nov-2075
- - Admin
काठमाडौं, फागुन । चैत १ गतेबाट माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सिभिल संरचनाको परीक्षण सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले आगामी चैत १ गतेबाट उक्त आयोजनाको सिभिल संरचनाको परीक्षण गर्ने भएको हो ।
६० मेगावाट क्षमताको उक्त आयोजनाको विभिन्न चरणमा गरी संरचनाको ड्राइ र वेट टेष्ट गरिने आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । बाँध, सुरुङ र विद्युतगृह लगायत संरचनाको पालै पालो परीक्षण उनले जानकारी दिए । प्रमुख जोशीका अनुसार संरचनाको परीक्षण सुरु भएको मितिले विद्युत उत्पादन गर्न ४५ दिनको समय लाग्ने बताए ।
रसुवा र नुवाकोटको सीमामा निर्माण भएको उक्त अयोजनाको संरचनाको दुई चरणको परीक्षण पूरा भएपछि विद्युत उत्पादन सुरु हुने सुरु हुने प्रमुख जोशीले जाकारी दिए । उनका अनुसार आगामी वैशाख १७ गतेदेखि आयोजनाको दुवै युनिटबाट विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको बताए ।
आयोजनाबाट उत्पादन हुने विद्युत डेढ किलोमिटर दुरीमा निर्माण भइरहेको त्रिशूली ३ ‘बी’ हब सबस्टेसनमा जोडिनेछ । परीक्षण अवधिभर बाँधको गेट खोल्ने र बन्द गर्ने काम बारम्बार गर्नु पर्ने हुँदा नदीको बहाव परिवर्तन हुने भएकाले बाँध क्षेत्रबाट ५ सय मिटरको दुरी वरपर हिँडडुल नगर्न प्राधिकरणले सर्वसाधारणमा आग्रह गरेको छ ।