भर्खरै

तनहुँ हाइड्रोपावर कम्पनी इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्द

  • प्रकाशित मिति : Fri-29-Nov-2075
  • - Admin
title
 
 
काठमाडौँ, फागुन । तनहुँ हाइड्रोपावर लिमिटेडले कुल १४० मेगावाट जडित क्षमता रहेकोे तनहुँ जलविद्युत आयोजनाको निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँगको ठेक्का सम्झौता रद्ध भएको छ ।  कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माण लगायतका पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालियन कम्पनी सिएमसीसँग भएको ठेक्का सम्झौता रद्द भएको हो ।
मेलम्ची खानेपानी आयोजनामा काम छोडेको इटालियन कम्पनी सिएमसीलाई गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचनादिएको थियो । तर ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम गर्न नसक्ने देखिएपछि गत फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिइएको थियो । 
ठेकेदार कम्पनीले तनहुँ आयोजनालाई आधिकारिक जवाफ नदिएपछि तनहँु हाइड्रोपावर लिमिटेडले गत बुधबार ठेक्का सम्झौता रद्द गरिएको जानकारी सिएमएसीलाई दिइएको छ । खरीद सम्झौता रद्द गर्नुपर्ने कारणमा खरीद सम्झौतामा भएको व्यवस्था अनु सार २८ दिनभित्र आयोजनास्थलमा आएर काम शुरु गर्न दिएको आदेश सिएमसीले नमानेको, अग्रीम भुक्तानीका लागि बैंक ग्यारेन्टी ल्याउन नसकेको, कम्पनी वित्तीय रुपमा समस्यामा परी ऋणदातालाई भुक्तानी दिन नसकेर इटालीको अदालतमा न्यायिक प्रक्रियामा रहेको लगायतका कारणहरु रहेका छन् । 
सिएमसीसँगको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्का प्रक्रियाको लागि कम्पनीले तयारी सुरु गरेको छ । अहिले नयाँ टेण्डर आवहन गर्न बोलपत्र कागजात तयारीको काम अन्तिम चरणमा पुगेको छ । कम्पनीले चैतको दोस्रो हप्ता भित्रमा नयाँ बोलपत्र आव्हान गर्ने लक्ष्यका साथ काम अघि बढाइएको छ ।
 
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले आयोजनस्थलमा काम सुरु गरिसकेको छ ।आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि भारतीय कम्पनी केइसीसँग ठेक्का सम्झौता सम्पन्न भइसकेको छ । कम्पनी आयोजनास्थलमा परिचालन भइसकेको छ । 
आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । तनहुँ हाइड्रोपावर लिमिटेड र सिएमसीबीच गत असोज १५ गते रु २० अर्ब ६४ करोड ५२ लाख खरीद सम्झौता भएको थियो । तनहुँ हाइड्रोपावर लिमिटेडले ठेक्का सम्झौता रद्द भएको सूचना जारी गरी सिएमसीले कार्यसम्पादन जमानतवापत राखेको ८७ लाख ४९ हजार युरो र रु ८५ करोड १४ लाख समेत जफतको लागि दाबी गरेको छ । सिएमसीका तर्फबाट कार्यसम्पादन जमानत जारी गर्ने नेपाल इन्भेष्टमेन्ट बंैक लिमिटेडले एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्ने लिखित प्रतिवद्धता जनाएको छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago