भर्खरै

चीनमा वैधानिक अनलाइन म्युजिक प्रयोगकर्ता ९६ प्रतिशत, नेपालमा कति ?

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - Admin
title

 
काठमाडौ । अनलाइनबाट संगीत सुन्ने चिनियाँको सङ्ख्या सन २०१८ को अन्त्य सम्ममा ५७ करोड ६० लाख पुगेको चीनको इन्टर्नेट विकास सम्बन्धी शनिबार सार्वजनिक एक तथ्याड्ढमा उल्लेख गरिएको छ ।
चीनमा अनलाइनमार्फत दर्ता भएको जनसङ्ख्याको ६९.५ प्रतिशत जनताले संगीतका लागि अनलाइन मा निर्भर हुन थालेका तथ्याड्ढले बताएको छ । तथ्याड्ढ अनुसार झण्डै ५५ करोड ३० लाख मानिसले संगीतका लागि मोबाइलको प्रयोग गरेका पाइएको छ । यो अघिल्लो वर्षको तुलनामा आठ प्रतिशत वृद्धि हो ।
चीनको अनललाइन म्यूजिक बजारका कारण संगीतलाई वैधानिक तरिकाले सुन्न सकिएको र यसबाट संगीतकार, सर्जक तथा गायकको कपिराइट्स अधिकारलाई कार्यान्वयनमा लान सहज बनेको 
अनलाइन म्युजिक विकासका लागि काम गर्दै संस्थाले जनाएको छ । अनलाइनबाट म्युजिक सुन्दा घरेलु नेटइज क्लाउड म्युजिक र टेन्सेन्ट म्युजिकजस्ता कम्पनीले पनि प्लेटफर्म पाएका बताइएको छ ।
अन्तर्राष्ट्रिय फोनोग्राफिक इन्डष्ट्रि फेडेरेसनलाई उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ, ‘९६ प्रतिशत चिनियाँ संगीत प्रयोगकर्ताले वैधानिकरूपमा संगीत सुन्ने गरेको छ जबकी विश्वमा औषत ६२ प्रतिशत संगीत पारखीले मात्र कानून सम्मत हिसाबले संगीत सुन्ने गरेका छन ।’रासस÷

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 14 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 19 hours ago