भर्खरै

अरुण तेस्रो प्रसारण लाइन निर्माण गर्न २० अर्ब बजेट

  • प्रकाशित मिति : Fri-22-Nov-2075
  • - Admin
title
 
काठमाडांै, फागुन । अरुण तेस्रो जलविद्युत आयोजनाको लाइन निर्माण गर्न २० अर्ब बजेट  स्वीकृत गरिएको छ ।  विद्युत प्रवाह गर्नका लागि  नेपालतर्फ निर्माण गर्नुपर्ने प्रसारण लाइनका लागि २० अर्ब रुपैयाँ बराबरको बजेट स्वीकृत गरेको हो ।  
नेपालमा निर्माणाधीन अरुण तेस्रोको जलविद्युत आयोजनाको प्रसारण लाइन निर्माणका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले अध्यक्षता गरेको मन्त्रिपरिषद् अन्तर्गतको अर्थ समितिले  १२ अर्ब ३६ करोड १३ लाख भारु अर्थात करिब रु.२० अर्ब बजेट स्वीकृत गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्र्तगतको विद्युत विकास विभागले अरुण तेस्रोका लागि प्रसारण लाइन निर्माणका लागि अनुमतिपत्र (लाइसेन्स) दिएकोमा त्यसपछि दुई साताभित्रै भारतीय सरकारले प्रसारण लाइनका लागि बजेट स्वीकृत गरेको हो । आयोजना संखुवासभाको दिदिङस्थित विद्युत्गृहदेखि भारतीय सिमाना ढल्केबरसम्म २ सय १७ किमि प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । ४ सय केभीको सो प्रसारणलाइन ढल्केबरबाट भारतीय लाइनसँग जोडिनेछ भने यहाँबाट अरुण तेस्रो को विद्युत भारत निर्यात हुनेछ । करिब ४ सय जनाले रोजगारी पाउने सो आयोजना निर्माण सम्पन्न भएपछि नेपालले २१.९ प्रतिशत विद्युत निःशुल्क पाउनेछ । 
आयोजना निर्माण, सञ्चालन र हस्तान्तरण (बुट) मोडलमा निर्माण गर्ने गरी सन् २००८ खुल्ला प्रतिस्पर्धामार्फत भारतीय कम्पनी सतलज निगमले लाइसेन्स लिएको आयोजनाको सन् २०१४ नोभेम्बरमा लगानी बोर्डसँग आयोजना विकास सम्झौता (पीडीए) भएको थियो ।  अरुण तेस्रो जलविद्युत  आयोजनाले निर्माणकार्य भने सुरु गरिसकेको छ । आयोजनाले वित्तीय व्यवस्थापन गर्न भने बाँकी छ । आयोजना निर्माणका लागि भारतीय सरकारले बजेट स्वीकृत गरिसके पनि प्रसारण लाइनको लाइसेन्समा ढिला हुँदा आयोजनाको वित्तीय व्यवस्थापन  भएको थिएन । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago