भर्खरै

बिजुली सर्ट भई आगलागी, नौ घर जल्दा २३ लाख भन्दा बढी क्षति

  • प्रकाशित मिति : Thu-27-Dec-2074
  • - Admin
title

 
इटहरी, चैत ।  सुनसरीको कोशी गाउँपालिकामा विद्युत सर्ट भई आगलागी हुँदा नौं वटा घर जलेको छ । गत शुक्रबार रुख काट्ने क्रममा ११ हजार भोल्टको बिजुली सर्ट भई आगो लाग्दा कोशी गाउँपालिका वडा नं. ४ को बस्तीका नौ घर जलेर नष्ट भएको हो । 
आगलागीबाट नौ घर जल्दा रु.२३ लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरी जनाएको छ । स्थानीय रहमान मनसुरीको घरमा लागेको आगो हावाहुरीका कारण फैलिँदा अन्य आठवटा घरमा क्षति पुगेको छ । आगलागीका कारण स्थानीय ललित मियाँ, सलिम मियाँ, फिरोज मियाँ, फरोज मियाँ, मलिम मियाँ, कलाम मियाँ, ऐजुक मियाँ र कैजुम मनसुरीको घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला छ ।
आगलागी नियन्त्रण गर्नका इनरुवा, इटहरी र दुहवीको वारुण यन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागी पीडितलाई कोशी गाउँपालिकाले राहतसमेत वितरण गरेको छ । गाउँपालिकाले ५० केजी चामल, पाँच केजी दाल, छ केजी भूजा, एक केजी भूजिया लगायतका सामग्री प्रदान गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 4 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 9 hours ago