भर्खरै

विद्युत प्राधिकरण र दरम खोला आयोजनाबीच विद्युत खरिद सम्झौता

  • प्रकाशित मिति : Mon-04-Jan-2072
  • - विद्युत संसार संवाददाता
title
चैत, बलेवा । नेपाल विद्युत प्राधिकरण र दरम खोला आयोजनाबीच  विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । बागलुङको गल्कोट नगरपालिका र ताराखोखा गाउँपालिकाको सिमाना भएर बग्ने दरम खोलामा निर्माण हुन लागेको आयोजनाबाट उत्पादन हुने विद्युतको खरिद बिक्री सम्झौता भएको हो ।
 
आयोजनाको नेपाल विद्युत प्राधिकरण र धौलागिरी सिभिल इलेक्ट्रिकल मेकानिकल इञ्जियनियरीङ प्रा.लि बागलुङबीच मङ्गलबार विद्युत खरिद बिक्री सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र हस्ताक्षर गरेका छन । धौलागिरी सेम प्रालिद्वारा प्रर्वदित मध्ये दरमखोला ‘ए’ साना जलविद्युत आयोजनाबाट तीन मेगावाट र मध्य दरमखोला ‘बि’ साना जलविद्युत आयोजना बाट चार दशमलव पाँच मेगावाट विद्युत उत्पादन हुनेछ । प्रवद्र्धक कम्पनी धौलागिरी सेम प्रा.लि ले दुवै आयोजना बाट विसं २०७८ जेठ ३१ सम्ममा विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणको हरिचौर सवस्टेशनमा जडान गरिने छ । मध्य दरमखोला ‘ए’ को व्यापारिक विद्युत उत्पादन मिति विसं २०७७ चैत ३१ र मध्ये दरमखोला ‘बि’ को विद्युत उत्पादन विसं २०७८ जेठ ३१ रहेको छ । दुवै आयोजना स्थानीय लगानी र प्रभु बंैकको ऋण सहयोगमा सम्पन्न गरिने धौलागिरि सेम प्रालिका अध्यक्ष हरिनारायण गौतमले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago