भर्खरै

हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर बाँडफाँट

  • प्रकाशित मिति : Sun-04-Jan-2071
  • - Admin
title
काठमाण्डौ, बैशाख । हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर मंगलबार बाट बाँडफाँट सुरु भएको छ । शेयर बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने ६९ हजार ६७० आवेदकमध्ये ६६ हजार ९५० लाई २० कित्ताका दरले शेयर प्रदान गरिएको जनाएको छ । यस्तै दुई हजार ७२० लाई भने १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।
 
कूल सदर आवेदकमध्ये ९६ प्रतिशतले २० कित्ता र तीन दशमलव नौ प्रतिशतले १० कित्ता शेयर प्राप्त गरेका छन् । साधारण शेयरमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । यस्तै ३८ आवेदकबाट परेको दुई हजार ८०० कित्ताको माग भने रद्द भएको छ । कम्पनीले गत चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । सो मध्ये कर्मचारीलाई तीन प्रतिशत र सामूहिक लगानी कोषलाई पाँच प्रतिशत शेयर छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो । कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती गरी कूल १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको प्रबन्धक प्रकाश दुलालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago