भर्खरै

अछाम आगलागीमा सत्ताइस घर नष्ट

  • प्रकाशित मिति : बिही, चैत २८, २०८१
  • - विद्युत संसार
title

अछाम, २७ चैत । बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको  आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । 
 
मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गर्नुभएको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए । 
 
अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन  गरिने बताउनुभयो । 

प्रतिक्रिया