भर्खरै

‘त्रिदेशीय विद्युत् व्यापार सम्झौता देशको समृद्धिका लागि कोसेढुङ्गा’

  • प्रकाशित मिति : शुक्र, फागुन २, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं, २ फागुन । नेपाल कम्युष्टि पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बङ्गलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोसेढुङ्गा  भएको बताउनुभएको छ । 
 
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो । उहाँले  प्रधानमन्त्रीका रुपमा आफूले भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत् व्यापारको सहमति गर्नुभएको थियो । “भारत र बङ्गलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो देशको समृद्धिका लागि कोसेढुङ्गा  नै हो”, उहाँले भन्नुभयो–, “हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बङ्गलादेशलगायतलाई देशलाई बिक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।” 
 
भारत हुँदै बङ्गलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई दश वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उहाँले यसका लागि विद्युत् उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago