भर्खरै

जलविद्युतको शेयरमार्फत विपन्न समुदायको जीवनस्तर उकास्नुपर्छः ऊर्जामन्त्री खड्का

  • प्रकाशित मिति : आइत, माघ २७, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २७ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युतको शेयरमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न आवश्यक पर्ने शेयर लगानीका विषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको छ ।
 
उहाँले जनताको जलविद्युत् कार्यक्रमको दोस्रो संशोधनमार्फत विना धितो गरिब तथा विपन्न वर्गलाई रु दुई लाखदेखि पाँच लाखसम्म शेयर दिनेबारे शुक्रबार अर्थ मन्त्रालय, बैँङ्किङ क्षेत्र र ऊर्जा उत्पादकसँग छलफल गर्नुभएको हो ।
 
छलफलमा ऊर्जामन्त्री खड्काले दिनभर काम गरेर विहान बेलुका छाक टार्न समस्या भएका नागरिकलाई लक्षित गरी सरकारले विना धितो सहुलियतपूर्ण व्याजदरमा शेयर पाउने व्यवस्था गर्न लागेकाले यसलाई कार्यान्वयन गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
 
मन्त्री खड्काले भन्नुभयो, “गरिब तथा विपन्न वर्गलाई समृद्ध बनाउन नसकेसम्म हामीले कल्पना गरेजस्तो समृद्ध नेपाल निर्माण हुन सक्दैन, उक्त वर्गलाई समृद्ध बनाउन दायित्व तपाईँहामी सबैको हो। ” प्राकृतिक स्रोतमाथिको अधिकार सबैको भएकाले तल्लो वर्गको लागि सबैले सोच्नुपर्ने उहाँको भनाइ थियो ।
 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरीता दवाडीले जनताको जलविद्युत् कार्यक्रमलाई कार्यान्वयन गर्न सबैको भूमिका रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमलाई कार्यान्वयन गर्न अवरोध निति, नियमलाई मन्त्रालयले परिमार्जन गर्दै अगाडि बढ्ने उल्लेख गर्नुभयो ।
 
मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जलस्रोतमार्फत मुलुकको समृद्धिसँगै समाजवादको विकास गर्न सरकार लागेको बताउनुभयो । उहाँले सरकारले ऊर्जा विकास मार्गचित्रको लक्ष्य लिएकाले यसलाई पुरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।
 
अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले जलविद्युतको विकासमार्फत गरिब तथा विपन्न नागरिकको जीवनस्तर उकास्न ऊर्जा मन्त्रालयले लिएको लक्ष्य राम्रो भएको बताउनुभयो । गरिबीको रेखामुनी रहेका जनतालाई विकासको बाटो लैजान यस्तो कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाइ थियो ।
 
स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालका अध्यक्ष गणेश कार्कीले  जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत जलविद्युत् क्षेत्रमा थुप्रै नागरिकले लगानी गर्ने वातावरण निर्माण भएको बताउँदै उक्त कार्यक्रमलाई कार्यान्वयन गर्न निजी क्षेत्र तयार रहेको बताउनुभयो ।
 
राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनाल, नेपाल बैँक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) तिलकराज पाण्डेय, कृषि विकास बैँकका निमित्त सिइओ, प्रताप सुवेदी, नेपाल बैँकर्स सङ्घका अध्यक्ष सन्तोष कोइरालालगायतले गरिव तथा विपन्न वर्गलाई धनी बनाउनेगरी ल्याइएको उक्त कार्यक्रमलाई कार्यविधि बनाएर लागू गर्नुपर्ने बताउनुभएको थियो ।
 
सरकारले ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ भन्ने नाराका साथ जनताको जलविद्युत् कार्यक्रम सञ्चालनमा ल्याएको थियो । छलफल कार्यक्रममा मन्त्रालयका सहसचिव सन्दिप देवले जनताको जलविद्युत् कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago