भर्खरै

संघद्धारा वनभोज कार्यक्रम आयोजना

  • प्रकाशित मिति : मंगल, माघ १५, २०८१
  • - विद्युत संसार संवाददाता
title

काठमाडौँ, १५ माघ । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घले वनभोज कार्यक्रम आयोजना गरेको छ ।
 
सङ्घले आफ्ना सदस्यहरूलाई मनोरञ्जन प्रदान गर्न एवं सदस्यहरू बीच भेटघाटको वातावरण मिलाउने उद्देश्यले वनभोज कार्यक्रम आयोजना गरिएको सङ्घले जनाएको छ ।
 
पारिवारिक वातावरणमा फाल्गुन ०३ गते शनिबारका दिन हुने कार्यक्रम गुडविल पीन रिसोर्ट प्रा.लि. चन्द्रागिरी नगरपालिका-१, तिनपोखरी, दहचोकमा हुने सङ्घले हिजो एक सूचना प्रकाशित गर्दै जानकारी दिएको छ ।
 
सङ्घले पारिवारिक वातावरणमा हुने कार्यक्रममा आफ्ना सम्पूर्ण सदस्यहरूलाई सम्पूर्ण परिवारको सक्रिय सहभागिताको लागि अनुरोध गरेको छ ।
 
 
बनभोज कार्यक्रमको बिहान ९ बजे देखि साँझ ५ बजे सम्म र कार्यक्रममा सहभागि हुन प्रतिव्यक्ति दुई हजार रुपैयाँ तोकिएको छ भने कार्यक्रम स्थलमा जान आउनको लागि सङ्घबाट निःशुल्क बसको व्यवस्था गरिएको  सङ्घले जनाएको छ ।
 

प्रतिक्रिया