भर्खरै

मिलन सिवाकोटीको नेतृत्वमा काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको नयाँकार्यसमिति सर्वसम्मत निर्वाचित

  • प्रकाशित मिति : आइत, पौष २८, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौं २८ पुस । काठमाडौँ विद्युतीय व्यवसायी संघको हिजो भएको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन मिलन सिवाकोटीको नेतृत्वको सम्पूर्ण कार्यसमिति सदस्यहरू सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
 
अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन कार्यतालिका अनुसार नै सम्पूर्ण पदहरुमा एकल उमेद्वारी परेको र ति उमेद्वारहरु नै स्वतः सर्वसम्मत भएको निर्वाचन समितिले यस अघि नै सूचना मार्फत जानकारी गराईसकेको छ ।
 
निर्वाचन समितिले २३ गते जारी गरेको सूचना अनुसार अध्यक्ष पदमा मिलन सिवाकोटीको नेतृत्वको सम्पूर्ण कार्यसमिति सदस्यहरूमा विधानतः सर्वसम्मत निर्वाचित भएको बताएको छ ।
 
अध्यक्ष पदमा सिवाकोटीसँगै, उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रवण पौडेल, कोषाध्यक्षमा अन्जन तिमल्सिना, सहसचिव पदमा भीष्मराज श्रेष्ठ, त्यस्तै कार्यकारी सदस्यहरूमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपाल बहादुर के.सी., सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने , कमला न्यौपाने र बन्दसत्रको हलबाट  नयाँ कार्यसमिती बाट सर्वसम्मत रुपमा मनोनित सदस्य श्रद्धा अधिकारी शाहलाई मनोनित गरिएको थियो भने विधान अनुसार निवर्तमान अध्यक्ष स्वतः सदस्य हुने प्रवधान रहेकोले १५ सदस्य कार्यसमिती सहित सम्पूर्ण कार्यसमिति सदस्यहरू निर्वाचित भएका हुन् ।
 
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष दिलिप कुमार अग्रवाल हुनुहुन्छ भने निर्वाचन अधिकृत एवं पूर्वअध्यक्ष राजेन्द्र वैष्णव र संघका पूर्वकोषाध्यक्ष एवं निर्वाचन अधिकृत  प्रभाकर पुरी सहित तीन सदस्य निर्वाचन समितीले निर्वाचन सम्वन्धी काम सम्पन्न गर्नुभएको थियो ।
 
 
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका अध्यक्ष रेशम प्रसाद देवकोटा, विशेष अतिथि नेपाल उद्योग बाणिज्य संघ काठमाडौंका जय प्रसाद सिवाकोटी का साथै अतिथिको रुपमा नेपाल विद्युतीय व्यवसायी महासंघ, विभिन्न जिल्ला संघ र विद्युतीय क्षेत्रमा काम गर्ने संघ तथा व्यवसायीहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
 
संघको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन समारोहमा अभि मिडिया प्रोडक्सन प्रालि द्धारा संचालित विद्युत संसार साप्ताहिक पत्रिका र (अनलाईन)का सम्पादक भीमलाल श्रेष्ठलाई समेत कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै विद्युतीय व्यवसायीहरुको छोरा छोरीहरु मध्ये २०८० को एसईई सम्मानतर्फ विशिष्ट श्रेणी (जिपीए) ल्याउने ४ जना सुश्री सम्पदा भेटवाल, सुश्री शाहिमा महर्जन, सुश्री प्रदुता भट्टराई र समिर नेपाललाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरि सचिवालय तर्फ निरज पोखरेल, गणेश कुमार श्रेष्ठ र सुश्री सृजना तामाङ्ग लाई प्रशंसा पत्रद्धारा सम्मान गरेको थियो ।
 
 
संघको दुईबर्षे विज्ञापनको मुख्य प्रयोजकमा युनिक इलेक्ट्रिक इन्टरप्राईजेज ताहागल्लीले प्रयोजन गरेको छ । त्यस्तै संघको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन कार्यक्रममा उपस्थित संघका सदस्या तथा व्यवसायीहरुलाई राधे राधे इनर्जी प्रालिले व्याग प्रदान गरिएको थियो ।
 
संघको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन कार्यक्रममा उल्लेख्य मात्रामा विद्युतीय व्यवसायीहरुको उपस्थिति रहेको थियो । उद्घाटन कार्यक्रम संचालन संघका सचिव श्रीलाल श्रेष्ठले गर्नुभएको थियो भने बन्द सत्रको कार्यक्रम संचालन सहसचिव अन्जन तिमल्सिनाले संचालन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago