भर्खरै

निजी क्षेत्रसँग समन्वय गरेर सरकारले व्यवसायिक वातावरण बनाउन आवश्यकः अध्यक्ष देवकोटा

  • प्रकाशित मिति : आइत, पौष २८, २०८१
  • - शिखर श्रेष्ठ/विद्युत संसार संवाददाता
title

काठमाडौँ, २८ पुस । कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासङ्घका अध्यक्ष रेशम प्रसाद देवकोटाले निजी क्षेत्रसँग सरकारले समन्वय गरेर व्यवसायिक वातावरण नबनाएसम्म देशको अयौगिक क्षेत्रले गति नलिने बताउनुभएको छ । 
 
हिजो काठमाडौँ चाबहिल सूर्य ब्याङ्क्वेटमा काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन समारोहमा आफ्नो भनाई राख्दै यस्तो बताउनु भएको हो । उहाँले केही वर्ष देखि व्यवसायमा सुस्ताएको अवस्थामा हामी व्यवसायी र सरकार दुवैले व्यवसायी वातावरण बनाउन सके मात्र उद्योगी व्यवसायले गति लिने बताउनु भयो । 
महासङ्घको निर्माणधीन भवन अन्तिम चरणमा पुगेको र अबको केही महिनामा नै उद्‌घाटन हुने अध्यक्ष देवकोटाले जानकारी दिदैँ उहाँले महासङ्घको आर्थिक अवस्था अझै कमजोर भएकोले सम्पूर्ण जिल्लासंघ तथा व्यवसायीहरूलाई सहयोगका लागि आग्रह गर्नुभयो । 
 
उहाँले महासङ्घले सम्पूर्ण जिल्लाहरूमा सङ्गठन विस्तारका काम सुस्त भएको अवस्थामा अव सबै जिल्लासँग समन्वय गरेर सङ्गठन विस्तारका कामलाई तीव्रता दिने विश्वसन दिलाउनु भयो । महासङ्घले फिन इलेक्ट्रोन टेक २०२४ भव्यताका साथ सम्पन्न भएको बताउनुहुँदै उहाँले महासङ्घको वार्षिक साधारण सभाको मिति पनि छिटै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
विद्युतीय क्षेत्रमा विद्युतीय सामग्री, इलेक्ट्रिसियन र नेपाल विद्युत प्रधिकरणले पठाउने विद्युत पनि गुणस्तर हुनुपर्ने भएकोले व्यवसायी र इलेक्ट्रिसियनले गुणस्तरलाई विशेष ध्यान दिएर अगाडि बढ्ना सबैमा आग्रह गर्नुभयो । उहाँले सङ्घको आगामी निर्वाचित हुने कार्यसमितिले सङ्घलाई अझ माथि लिँदै व्यवसायीहरूको हितमा काम गर्न शुभकामना व्यक्त गर्नुभयो । 
 
 
कार्यक्रमका विशेष अतिथि नेपाल उद्योग वाणिज्य सङ्घ काठमाडौंका जय प्रसाद सिवाकोटीले सम्बोधन गर्दै उद्योगी व्यवसायीलाई भन्सार नीतिले ठूलो असर पुर्‍याएकोले अब सरकारले उद्योग व्यवसायी उपयुक्त नीति लिन आग्रह गर्नुभयो । 
 
उहाँले भन्सार र राजश्वको विषयमा हामी सबै व्यवसायीहरू एक भएर सरकारसँग समन्वय गर्नुपर्ने बताउनुभयो । कोरोना पछि सबै व्यवसायमा असर परेको अवस्थामा विद्युतीय व्यवसायीहरूले आफ्नो व्यवसायलाई अझ विस्तारित बनाउदै लगानी बढाउनु आफैमा राम्रो भएको उहाँको भनाई थियो । अहिले हरेक मानिसको जीवनशैली डिजिटल हुदै गएकोले विद्युतीय व्यवसायीहरूले पनि यसतर्फ विशेष ध्यान दिएर आफ्नो व्यवसाय अगाडि बढाउन आग्रह गर्नुभयो । 
 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्युतीय व्यवसायी महासङ्घका तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाले विद्युतीय व्यवसायीहरूलाई एकृकिृत गर्न सङ्घको ठूलो भूमिका रहेको बताउनु भयो । सङ्घ बलियो भयो भने नै महासंघ बलियो हुने हुदाँ अहिले रुग्ण अवस्थामा पुगेका जिल्ला संघहरुलाई क्रियासिल बनाउनु हामी सबैको दायित्व रहेको भनाई राख्नुभयो । काठमाडौँ विद्युतीय व्यवसायी सङ्घ महासङ्घको दरिलो खम्बा भएको बताउनु हुँदै उहाँले हामी सबैले व्यवसायी एकतामा जोड दिन आवश्यक रहेको धारण राख्नुभयो । 
 
 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा महासङ्घका लुम्बिनी प्रदेश सदस्य  लोकनाथ पोखरेले गुणस्तरीय सामग्री विक्री वितरण गर्न सके हाम्रो व्यवसाय अझ सबल हुने बताउनुभयो । कार्यक्रममा जिल्ला संघहरुको न्युन उपस्थिति भएको गुनासो व्यक्त गर्दै उहाँले भन्नुभयो ‘एउटा सङ्घको कार्यक्रममा सबै सङ्घको प्रतिनिधि उपस्थिति नहुनु राम्रो होईन, यसैले सम्पूर्ण जिल्लालाई सक्रिय बनाउन जरुरी छ ।’
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सङ्घको पूर्वअध्यक्षको प्रतिनिधित्व गर्दै दिलिप कुमार अग्रवालले २०६७ सालमा ७० जना वटा स्थापना भएको संस्था आज पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशनसम्म आईपुग्दा छ सय भन्दा बढि सदस्य हुनु आफैमा गौरवको कुरा रहेको बताउनुभयो । संघले गरेका हरेक काम सफल हुँदै आएकोमा खुसि व्यक्त गर्नुभयो ।
 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेपाल इलेक्ट्रिसियन संघका अध्यक्ष दामोदर प्याकुरेलले काठमाडौँ विद्युतीय व्यवसायी सङ्घ र नेपाल इलेक्ट्रिसियन सङ्घको सम्बन्ध नङ र मासुको भएको र यसलाई अझ यथार्थता तुल्याउन व्यवसायी संघले आफुनो दायित्व पुरा गर्नुपर्ने जिकिर गर्नुभयो । व्यवसायी र इलेक्ट्रिसियनको सहकार्यले नै विद्युतीय क्षेत्रलाई विश्वसनिय बनाउन मद्धत पुग्ने भन्दै व्यवसायीले विद्युतीय क्षेत्रमा काम लगाउदा संघमा आवद्ध भएका सिपयुक्त इलेक्ट्रिसियनहरुको माध्यमबाट मात्र काम गराउन आग्रह गर्नुभयो । 
उहाँले संघले गुणस्तरिय सामग्रीलाई प्रथामिकता दिने र सिपयुक्त इलेक्ट्रिसियनहरुलाई मात्र काम लगाउने हो भने विद्युतबाट हुने दुर्घटनामा न्यूनिकरणमा ठूलो योग्दान पुग्ने भएकोले यस्ता विषयमा दुवै संघले एकअर्कासंग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । 
 
 
त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जिल्ला नगरसंघको प्रतिनिधित्व गर्दै रुपन्देही विद्युतीय व्यवसायी  संघका अध्यक्ष शन्तराज खरालले सक्रिय नभएका जिल्लाहरुलाई सङ्घ महासङ्घको सहकार्यमा सक्रिय बनाउने तर्फ ध्यान दिनुपर्ने बताउनुभयो । हरेक जिल्लासंघ बलियो भएमा नै महासंघ बलियो हुने भएकोले यस विषयमा सम्पूर्ण व्यवसायीहरू एकजुट हुने पर्ने बताउनुभयो । 
सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन समारोहमा अभि मिडिया प्रोडक्सन प्रालि द्धारा संचालित विद्युत संसार साप्ताहिक पत्रिका र (अनलाईन)का सम्पादक भीमलाल श्रेष्ठलाई समेत कदरपत्रले सम्मान गरिएको थियो । त्यस्तै विद्युतीय व्यवसायीहरूको छोरा छोरीहरु मध्ये २०८० को एसईई सम्मानतर्फ विशिष्ट श्रेणी (जिपीए) ल्याउने ४ जना सुश्री सम्पदा भेटवाल, सुश्री शाहिमा महर्जन, सुश्री प्रदुता भट्टराई र समिर नेपाललाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरि सचिवालय तर्फ निरज पोखरेल,गणेश कुमार श्रेष्ठ र सुश्री सृजना तामाङ्ग लाई प्रशंसा पत्रद्धारा सम्मान गरेको थियो ।
 
सङ्घको दुईबर्षे विज्ञापनको मुख्य प्रयोजकमा युनिक इलेक्ट्रिक इन्टरप्राईजेज ताहागल्लीले प्रयोजन गरेको छ । त्यस्तै सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन कार्यक्रममा उपस्थित संघका सदस्या तथा व्यवसायीहरूलाई राधे राधे इनर्जी प्रालिले व्याग प्रदान गरिएको थियो ।
 
सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन कार्यक्रममा उल्लेख्य मात्रामा विद्युतीय व्यवसायीहरूको उपस्थिति रहेको थियो । 
 
मिलन सिवाकोटीको नेतृत्वमा सङ्घको नयाँकार्यसमिति सर्वसम्मत निर्वाचित

काठमाडौँ विद्युतीय व्यवसायी सङ्घको हिजो भएको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन मिलन सिवाकोटीको नेतृत्वको सम्पूर्ण कार्यसमिति सदस्यहरू सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
 
अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन कार्यतालिका अनुसार नै सम्पूर्ण पदहरुमा एकल उमेद्वारी परेको र ति उमेद्वारहरु नै स्वतः सर्वसम्मत भएको निर्वाचन समितिले यस अघि नै सूचना मार्फत जानकारी गराईसकेको थियो ।
 
 
अध्यक्ष पदमा सिवाकोटीसँगै, उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रवण पौडेल, कोषाध्यक्षमा अन्जन तिमल्सिना, सहसचिव पदमा भीष्मराज श्रेष्ठ, त्यस्तै कार्यकारी सदस्यहरूमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपाल बहादुर के।सी।, सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने , कमला न्यौपाने र बन्दसत्रको हलबाट  नयाँ कार्यसमिती बाट सर्वसम्मत रुपमा मनोनित सदस्य श्रद्धा अधिकारी शाहलाई मनोनित गरिएको थियो भने विधान अनुसार निवर्तमान अध्यक्ष स्वतः सदस्य हुने प्रवधान रहेकोले १५ सदस्य कार्यसमिती सहित सम्पूर्ण कार्यसमिति सदस्यहरू निर्वाचित भएका हुन् ।
 
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत एवं पूर्व अध्यक्ष दिलिप कुमार अग्रवाल हुनुहुन्छ भने निर्वाचन अधिकृत एवं पूर्वअध्यक्ष राजेन्द्र वैष्णव र संघका पूर्वकोषाध्यक्ष एवं निर्वाचन अधिकृत  प्रभाकर पुरी सहित तीन सदस्य निर्वाचन समितीले निर्वाचन सम्वन्धी काम सम्पन्न गर्नुभएको थियो ।
उद्‌घाटन कार्यक्रम संचालन संघका सचिव श्रीलाल श्रेष्ठले गर्नुभएको थियो भने बन्द सत्रको कार्यक्रम संचालन सहसचिव अन्जन तिमल्सिनाले संचालन गरिएको थियो ।
 
 
 
 

प्रतिक्रिया