भर्खरै

मिलन सिवाकोटीको नेतृत्वमा काठमाडौं विद्युत व्यवसायी सङ्घको नयाँकार्यसमिति सर्वसम्मत

  • प्रकाशित मिति : मंगल, पौष २३, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २३ पुस । काठमाडौँ विद्युतीय व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । सङ्घको पन्ध्रौँ वार्षिक साधारण सभा एवं आठौँ अधिवेशन यही पुस २७ गते शनिबार काठमाडौँ चावहिलमा हँुदैछ ।
 
अधिवेशनले नयाँ कार्यसमितिको निर्वाचन कार्यतालिका अनुसार हिजो सोमबार प्रकाशित उम्मेदवारी मनोनयन दर्तामा आजसम्म निर्वाचन समितिले तोकिएको समय सीमामा कुनै पनि दाबीविरोध नपरेकोले सोही उम्मेदवारहरू स्वतः सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ ।
 
आज निर्वाचन समितिले सूचना जारी गर्दै अध्यक्ष पदमा मिलन सिवाकोटीको नेतृत्वको सम्पूर्ण कार्यसमिति सदस्यहरूमा विधानतः सर्वसम्मत निर्वाचित भएको बताएको छ ।
निर्वाचन समितिको सूचना अनुसार अध्यक्ष पदमा मिलन सिवाकोटी, उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रवण पौडेल, कोषाध्यक्षमा अन्जन तिमल्सिना, सहसचिव पदमा भीष्मराज श्रेष्ठ, त्यस्तै कार्यकारी सदस्यहरूमा सुमन तिमल्सिना, मिलन बस्नेत, बलराम अर्याल, गोपाल बहादुर के।सी।, सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सिना, पदम प्रसाद न्यौपाने र कमला न्यौपाने सहित सम्पूर्ण कार्यसमिति सदस्यहरू निर्वाचित भएका हुन् ।
 
निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत दिलिप कुमार अग्रवाल हुनुहुन्छ भने निर्वाचन अधिकृतमा प्रभाकर पुरी र राजेन्द्र वैष्णव हुनुहुन्छ ।
अध्यक्ष पदका उम्मेदवार सिवाकोटी भोटेबहाल ठेगानामा सिमा ट्रेड लिङ्कका प्रोपाइटर समेत हुन उहाँ लामो समय देखि विद्युतीय सामग्रीहरूको व्यापार व्यवसायमा आवद्ध हुनुहुन्छ भने विभिन्न सामाजिक कार्यमा समेत अग्रसर हुँदै आउनु भएको छ । उहाँलाई अध्यक्ष पदका उम्मेद्वारी दिन रेवती रमण पौडेलले प्रस्तावक हुनुहुन्छ भने समर्थकमा सुरेन्द्र राज उप्रेतीले गर्नुभएको थियो ।
 
निर्वाचन समितिद्धारा जारी सूचना 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago