भर्खरै

संघको अध्यक्षपदमा मिलन सिवकोटीको एकल उमेद्वारी

  • प्रकाशित मिति : सोम, पौष २२, २०८१
  • - विद्युत संसार संवाददाता
title
काठमाडौँ, २२ पुष । काठमाडौँ विद्युतीय व्यवसायी संघको पन्ध्रौं वार्षिक साधारण सभा एवं आठौं अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ । 
आज संघले एक सुचना जारी गर्दै अधिवेशनमा हुने निवार्चन कार्यक्रममा निर्वाचन गर्नुपर्ने पदहरुमा उम्मेदवारी मनोनयन दर्ता हुन आएकाले नामावाली प्रकाशन गरेको छ । 
संघको आवश्यक पदाधिकारी र कार्यसमिती सदस्य पदहरुमा एकल उम्मेद्धारी परेको संघबाट प्रकासित सुचनामा जनाईएको छ ।  अध्यक्ष पदमा मिलन सिवाकोटी, उपाध्यक्षमा श्रीलाल श्रेष्ठ, सचिवमा रेवती रवण पौडेल, कोषाध्यक्षमा अन्जन तिमल्सीना, सह–सचिव पदमा भिष्मराज श्रेष्ठ, त्यस्तै कार्यकारी सदस्यहरुमा सुमन तिमल्सीना, मिलन बस्नेत, बलराम अर्याल, गोपाल बहादुर के.सी., सुरेन्द्र राज उप्रेती, अचुतम तिमल्सीना, पदम प्रसाद न्यौपाने र कमला न्यौपाने को उमेद्वारी परेको संघले जानकारी दिएको छ । 
 
अध्यक्ष पदका उमेद्वार सिवाकोटी भोटेबहाल ठेगानामा सिमा ट्रेड लिंकका प्रोपाईटर समेत हुन उहाँ लामो समय देखि विद्युतीय सामग्रीहरुको व्यापार व्यावसायमा आवद्ध हुनुहुन्छ भने विभिन्न सामाग्री काममा अग्रसर हुदै आउनु भएको छ । उहाँलाई अध्यक्ष पदका उमेद्वारी दिन रेवती रमण पौडेलले प्रस्तावक हुनुहुन्छ भने समर्थकमा सुरेन्द्र राज उप्रेतीले गर्नुभएको छ ।
 
उम्मेदवारी मनोनयन दर्ता हुन आएकाले उक्त सूचिका उपर कोही कसैको उजुर बाजुर उम्मेदबारको दाबी बिरोध भएमा मिति २०८१ पुष २३ गते अपराह्न ०१ः०० बजेसम्ममा संघको सचिवालय उजुरी दिन सकिने संघले जनाएको छ ।
काठमाडौं विद्युतीय व्यवसायी संघको पन्ध्रौं वार्षिक साधारण सभा एवं आठौं अधिवेशन यही पुस २७ गते सुर्य इभेन्ट धुम्बराही चावहिलमा हुदैछ ।
 
संघबाट प्रकासित उम्मेद्वार मनोनयन दर्ता नामावलीहरु जस्ताको तस्तै :

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago